बैशाख ९, २०८१ आईतबार

महिलाकाे कपाल धेरै झर्ने वा शरीर तथा अनुहारमा रौ धेरै किन अाउँछ ?



polycysticडा. अंशुमाली जोशी

इन्डोक्राइनोलोजिस्ट

महिलाहरूको यौन हर्मोनमा हुने गडबडीको अवस्था पोलिसिस्टिक ओवरी सिन्ड्रोम हो । यसले गर्दा महिलाको महिनावारीमा गडबडी, डन्डिफोर धेरै आउने, कपाल धेरै झर्ने वा शरीर तथा अनुहारमा रौा धेरै आउने हुन्छ ।

किन हुन्छ पोलिसिस्टिक ओवरी सिन्ड्रोम

महिलाहरूमा विशेष गरी दुई किसिमका यौन हर्मोन हुन्छन् । तिनीहरूलाई इस्ट्रोगेन र प्रोगेस्टिरोनी  भनिन्छ । यी दुईका साथै केही मात्रामा पुरुषमा हुने एन्ड्रोजेन्स नामक हर्मोन पनि महिलामा हुन्छ । यदि एन्ड्रोजेन्स हर्मोन महिलामा भएमा पोलिसिस्टिक ओवरी सिन्ड्रोम भएको भनिन्छ ।

पोलिसिस्टिक ओवरी सिन्ड्रोम कुन उमेरमा बढी ?

पोलिसिस्टिक ओवरी सिन्ड्रोम विशेषगरी २० देखि ४० वर्ष उमेर समूहका महिलामा बढी देखिन्छ । तर, अन्य उमेरकालाई पनि हुँदैन भन्ने होइन ।

लक्षण

यो हर्मोन बढी हँुदा महिलाहरूमा महिनावारी गडबड हुन्छ ।

शरीर तथा अनुहारमा बढी डन्डिफोर आउने हुन्छ । कपाल धेरै झर्ने समस्या देखिन्छ ।

शरीर तथा अनुहारमा अनावश्यक कपाल आउने हुन्छ ।

आवाज परिवर्तन हुने हुन्छ, विशेषगरी मोटो, धोद्रो सुनिन्छ ।

स्तन सानो हुँदै जान्छ । शरीर मोटो हुँदै जाने हुन्छ ।

मधुमेह देखापर्न सक्छ ।

रोकथाम तथा उपचार

पोलिसिस्टिक ओवरी सिन्ड्रोम भएमा यसले निसन्तान पनि गराउन सक्छ । तर, उपचारपश्चात् सन्तान हुने सम्भावना हुन्छ । यसबाट धेरै किसिमको समस्या हुने हुँदा त्यसअनुसारको उपचार गर्न चिकित्सकसँग परामर्श गर्नुपर्छ । यो समस्या भएका अधिकांश महिलाले आफ्नो जीवनशैली परिवर्तन गरी तौल घटाएमा आफैँ पनि यो समस्याबाट मुक्ति पाउन सक्छन् ।