बैशाख १२, २०८१ बुधबार

नारी स्रष्टा सम्मानित



काठमाडौं-लिस्नर्स क्लब नेपालले तिजको अवसर पारेर नारी स्रष्टा सम्मानित गरेको छ । क्लबले पत्रकारितामा विशेष योगदान दिएको भन्दै सञ्चारकर्मी कृष्णा ताम्राकार र ऐक्यबद्धता मासिककी सम्पादक मीना तिवारी (घिमिरे), गायिका सुजाता बर्मा र साहित्यकार बालिका गिरीलाई सम्मान गरेको हो । कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीले नारी श्रष्टाहरूलाई सम्मान गरिनु सकारात्मक पक्ष भएको बताए । उनले यस्ता कार्यक्रमले नारी स्रष्टालाई सकारात्मक ऊर्जा प्रदान गर्ने बताए । त्यस्तै, साहित्यकार युवराज नयाँघरेले पनि यसको प्रशंसा गरे । क्लबका अध्यक्ष हरिराम पौडेलले नारी नै सृष्टिका आधार भएकोले नारीप्रति सम्मानभाव राख्नुपर्ने बताए ।