बैशाख ९, २०८१ आईतबार

नेपालमा अाेवामाकाे सहयाेग ‘किशाेरीलार्इ पढ्नदेउ’



obamaभाद्र २३, २०७३- अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालमा पनि ‘किशोरीलाई पढ्ने देउ’ अभियानलाई विस्तार गर्ने घोषणा गरेका छन् ।

दक्षिण–पूर्वी एसियाली देशहरुको सम्मेलन आसियानमा बोल्दै राष्ट्रपति ओबामाले लाओस र नेपालमा अमेरिकी प्रथम पहिला मिसेल ओबामाले सुरु गरेको सो अभियान विस्तार गर्ने बताएका हुन् ।
‘मिसेल र मेरा लागि निकै महत्वपूर्ण कार्यक्रम लेट गर्ल्स लर्न नेपाल र लाओसमा सुरु हुनेछ,’ ह्वाइटहाउसद्वारा जारी ओबामाको भाषणमा भनिएको छ, ‘कुनै पनि देश त्यहाँको पुरुषहरु सरह किशोरी र महिलाहरु पनि सशक्त नभई अगाडि बढ्न सक्दैन ।’

राष्ट्रपति पत्नी मिसेल ओबामाले पनि ट्विट गर्दै उक्त घोषणाको पुष्टि गरेकी छिन् ।

capture

‘किशोलीलाई पढ्न देउ’ अमेरिकी सरकारको सहयोगमा ह्वाइट हाउसले चलाएको कार्यक्रम हो । सन् २०१५ मार्चबाट सुरु भएको उक्त कार्यक्रमले विश्वभरका  विपन्न देशमा विभिन्न कारणले गर्दा आफ्नो पढाई बीचमै छोड्नुपर्ने बाध्यता भएका किशोरीहरुलाई पढाई पुरा गर्न र आत्मनिर्भर हुन सहयोग गर्छ ।

हाल यो कार्यक्रम मालावी र तान्जानियामा सुरु भइसकेको छ । नेपाल र लाओस्े भने यो कार्यक्रम विस्तार हुने पहिलो एसियाली देश हुन् ।