चैत्र १६, २०८० शुक्रबार

इङ्ल्याण्डमा हरार्इन मनमाया : प्रहरीकाे खाेजी



m1३० भदौ, लण्डन – पूर्वी इङ्ल्यान्डमा बसोबास गर्ने एक नेपाली महिला बेपत्ता भएकी छन्। बेपत्ता हुने ४६ वर्षीया रिता भनिने मनमाया श्रेष्ठ हुन्। पूर्वी इङ्ल्याण्डको थ्री रिभर्स प्रहरीले उनको खोजी कार्य जारी रहेको जनाएको छ। मनमाया उत्तरपूर्वी रिक्म्यान्स ओर्थ क्षेत्रबाट ५ सेप्टेम्बरदेखि बेपत्ता भएको प्रहरीले उल्लेख गरेको छ।

‘उनी आश्चर्यजनक तरिकाले हराएकी छन्। उनको बेपत्ताप्रति परिवार र प्रहरीले गहिरो सरोकार राखेका छन्’, थी रिभर्स प्रहरीले भनेको छ।

४६ वर्षीय श्रेष्ठलाई परिवारको सहयोगमा प्रहरीले खोजी रहेको हो। उक्त खोजी कार्यमा जुटेका सर्जेन्ट ग्रयामी एडवार्डले भनेकाछन् ‘म मनमायालाई देख्ने तथा हाल उनी कहाँ छिन् भन्ने थहाँ भएका उनका आफन्त, साथी भाई तथा अन्य सर्वसाधरणलाई तत्काल प्रहरीलाई खबर गर्न अनुरोध गर्दछु। यदि मनमायाले यो अपिल देखेकी वा सुनेकी छिन् भने तुरुन्तै प्रहरी समक्ष आउन पनि अनुरोध गर्दछु।’

मनमायालाई देख्ने, भेट्नेले वेलायत प्रहरीको १०१ नम्बरमा फोन गरेर जानकारी दिन प्रहरीले अनुरोध गरेको छ।