बैशाख ९, २०८१ आईतबार

पुरूषकाे दाह्री कपालमा महिलाकाे छुरा, कैँची : मासिक २० हजार कमार्इ



hemanta-thakur-1000x0३० भदाै ,काठमाण्डाै

सुन्दै अचम्म लाग्छ पुरूषकाे दारीकपालमा महिलाकाे कैँची । तर सु्न्दा अचम्म मान्नु पर्दैन, माेरङकी हेमन्ता ठाकुरले याे हेर्ने व्यवस्था मिलाएकी छन्र । कुरा मोरङको उर्लाबारीस्थित आइतबारे चोककाे हाे । हेमन्ताले हेयर कटिङ (सैलुन) व्यवसाय सञ्चालन गरेरै दाह्री, जुँगा र कापाल काटेर अाम्दानी गर्दै अाएकी छन् ।

उर्लाबारी मङ्गलबारे–१ मा सैलुन खोलेरै कपाल काट्ने व्यवसाय सुरु गरेपछि उदाहरणीय बनेकी की २३ वर्षीया हेमन्ता आफ्नो व्यवसायबाट सन्तुष्ट रहेको बताउँछन् । ‘कपाल काट्ने, दाह्री काट्ने, अनुहार मसाज गर्ने, फेसवास गर्ने लगायतका सबै काम गर्छु, जीविकोपार्जनका लागि यो पेसा सहज छ ।’ – उनले भनिन् । उनलार्इ शुरूमा  पुरुषको दाह्रीजुँगा र कपाल काट्ने काम महिलाका लागि सुहाउँदैन भनेर धेरैले जिस्क्याए पनि  । कतिले त हेयको दृष्टिले पनि हेरे । तर उनले त्यस्ता भनाइको वास्ता नगरी व्यवसाय गरीरहेकीछन् ।  ‘काम यसलृे गर्न हुने उसले नहुने भन्ने हुँदैन’ उनि भन्छिन ‘यसमा न हीनताबोध छ, न डर ।’

पहिला सैलुन श्रीमानले चलाउने गरेकाे र अहिले  श्रीमान् सोनी ठाकुर वैदेशिक रोजगारीमा गएपछि हेमन्तीले श्रीमान्को ‘बिँडो’ थाम्दै याे पेशा शुरू गरेकी हुन् । श्रीमानकै सहयोगमा कपाल र दाह्री काट्ने सीप सिकेको उनकाे भनाइ छ । अाफूले पनि कमाइ गर्न थालेपछि  आफ्नो कमाईले घर खर्च चलाउने हेमन्ताले श्रीमानले पठाएको ‘रेमिट्यान्स’ लाई बचत गरेको बताइन । आफूले महिनामा १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको हेमन्ताको भनाइ छ ।

चुलोचौको र मेलापातको काममा व्यस्त देखिने नेपाली समाजका कतिपय महिलाका लागि ठाकुरले सुरु गरेको सैलुन व्यवसाय साँच्चै उदाहरणीय काम बन्न पुगेको छ । पुरुषले गर्ने काम महिलाले किन गर्न नहुने भन्ने प्रश्न गर्दै उनले हेयर कटिङको काम गर्दा रमाइलो लागेको अनुभव सुनाइन् ।  ‘नराम्रा तर्क, वितर्क र खिसी गर्नेको मतलब नराखी निरन्तर अगाडि बढिरहेकी छु, धनीमानी र फुर्सदिलाहरुले छिः यस्तो के काम गरेको होला भन्दै जिस्काउँथे, खिस्सी गर्ने, होच्यिाउन खोज्थे’ उनले अनुभव सुनाइन् ‘तर आजभोलि यसै पेसामा स्वावलम्बी भएपछि उनीहरुको बोली नै बन्द भएको छ ।’ सुरुसुरुमा चाहिँ केटा मान्छेको कपाल, दाह्री काट्दा असजिलो लागेको हेमन्तीकाे संझना छ । ‘तर अहिले त त्यस्ताे केही लाग्दैन ‘ उनले खुलेर भनिन् । 

 पहिलोपटक आफूले कपाल काटेको देख्नेहरु भने अचम्ममा पर्ने गरेको उनको अनुभव छ । अहिल कतिले उनलाइ प्राेत्साहन गर्छन कतिले हाैसला दिन्छन् । यसबाट उनी थप खुसी छिन्  । ‘कपाल र दाह्री काट्न आउने कतिपय सभ्य र बुझेका व्यक्तिले त महिलाले पनि राम्रोसँग कपाल काट्ने रहेछन् भनेर खुसी हुँदै तोकिएभन्दा बढी रुपैयाँ दिएर जान्छन् ‘  ठाकुरले गर्वका साथ भनिन् ‘कतिपयले बहिनी पैसा फिर्ता दिनु पर्दैन, तर पेसालाई सानो नसम्झिनु भन्दै निरन्तरता दिनु भन्दै  सुझाब दिएर जानुहुन्छ ।’

पहिला पहिला हेला र खिसिटिउरी गर्ने तर अहिले हाैसला दिने ग्राहक देखेर त्यसबेला हेमन्ती भावुक त हुन्छिन् नै आफ्नो पेसाप्रति त्यसो भन्दिँदा हेमन्तीलाई गौरव लाग्न्विछ । उनकाे याे पेशाले अरूलाइ उत्साह पनि थपेकाे छ ।  लिङ्गभेदकै कारण आफूले जानेको सीपलाई दबाएर राख्न नहुने दलिल पेस गरेको स्थानीय महिला नेत्री गोमा नेपालको भनाइ छ ।