चैत्र १६, २०८० शुक्रबार

एक नारीकाे पहल : खादादेखि ढाकासम्म



rajya-laxmi-2-600x0

३० भदाै, काठमाडाैं

पछिल्लाे पटक विदेशबाट अायातित भन्दै खाताकाे प्रयाेग हटाउने विषयमा ठूलाे बहस चल्याे । खादाकाे प्रयाेग गर्ने र नगर्ने विचमा सामाजीक सञ्जालमा ठूलाे लँडाइ पर्याे । खादाकाे विराेधमा उत्रीएकी  अनेरास्ववियूकी अध्यक्ष नविना लामालार्इ बचाउ गर्न त सबै विद्यार्थी संगठन एकजुट भएर प्रतिवाद नै गर्नुपर्याे । कुनै कुराकाे जस लिन सिपालु नेपाली राजनीतिले जे उतारचढाव ल्याएपनि  तर विदेशबाट अायातित खादाकाे विकल्प स्थापित गर्ने महिला भने अाेझेलमा छिन् ।

यसकीअभियन्ता हुन राज्यलक्ष्मी शाक्य । जीवनमा अनेकौं आरोह–अवरोहको सामना गर्दै सामाजिक विभेद समेत पचाएर सफल महिला उद्यमी बन्न सफल व्यक्ति हुन्– । चार वर्षयता सामाजिक सेवामा पनि अहोरात्र खट्दै आएकी शाक्यसँग धेरै क्षेत्रको अनुभव छ । जन्म र कर्मथलो दुवै ललितपुर भएकी शाक्यले आजको अवस्थामा आइपुग्न धेरै उतारचढावको सामना गरिन् । मनकामना ढाका कपडा उद्योग सञ्चालनसँगै उनी ढाका कपडाको खादा निर्माण एवं प्रचारमा सक्रिय छिन् । राज्यलक्ष्मीकै पहलमा नेपालमा हुने सरकारी कार्यक्रममा ढाकाको खादा मात्र प्रयोग हुन थालेको छ ।

विदेशी खादा विस्थापित गरी स्वदेशी उद्योगलाई बढावा दिने उनको अभियान निरन्तर उकालो चढ्दैछ । विभिन्न सामाजिक संस्थामा सक्रिय शाक्यसँग पत्रकारिताको समेत लामो अनुभव त छ नै, यसका अलवा उनी सञ्चारउद्यमी पनि हुन् । ‘स्वाभिमान नेपाल’ नामक मासिक पत्रिका उनले प्रकाशित गर्दै आइरहेकी छिन् । समग्रमा, उनी एक सफल उद्यमी तथा संचारकर्मी हुन भन्दा फरक पर्दैन् । तर उनी कुनै धर्म विशेषकाे अास्थामा असर पर्नेगरी सबैलार्इ ढाकाकाे खादा प्रयाेग गर्नुपर्छ भन्ने पक्षमा छैनन् । ‘धार्मिक अास्था अनुसार प्रयाेग गर्नेहरूले खादा पनि प्रयाेग गर्न पाउनुपर्छ ‘ उनि भन्छिन ।