बैशाख १०, २०८१ सोमबार

लेकाली हे माया : बेलायतमा



simmiएउटी नेपाली यूवति, बेलायतमा पुगे भने के गर्लान ? अाफूले खानका लागि मेहनेत गर्लान, तै पनि धनि पूँजिपतिकै सन्तान भए त सकेसम्म माेजमस्ती गर्लान । तर गोरखा लाहुरेकी छोरी सँधै काममा हुन्छिन् । गोरखाली आमाहरूलाई अंग्रेजी भाषा सिकाउँछिन त कहिले भूकम्प पीडितहरूको लागि सहयोग पनि जुटाउँछिन् ।

धेरैलार्इ थाहा हाेला उनी हुन नेपाली माेडल सिम्मी । कन्दरा ब्यान्डको चर्चित गीत लेककी हे माया की मोडल ।  हाल बेलायतमा सामाजिक कार्यकर्ताका रूपमा आफ्नो छवि बनाइरहेकी छिन् । कन्दराकाे लेकाली मायापछि सिम्मी पुन त्यसपछि कुनै म्युजिक भिडियोमा देखा परिनन् । उनी सामाजिक काममार्फत पहिचान बनाउन लागिन् ।  कसैको दु:ख देख्न नसक्ने पुन ब्युटी थेरापिस्ट तथा अंग्रेजी भाषाकी शिक्षिका पनि हुन् । उनी अहिले उनी बेलायतमा नेपाली महिलाहरूसँग मिलेर स्किल एण्ड केयर पर्फमिङ आर्ट कक्षा चलाइरहेकी छिन् । उनले संस्थामार्फत गोरखाली आमाबुवाका लागि आराम घर निर्माण गरिदिएकी छन् । नृत्य, गायन, कला एवं संगीतजस्ता सीप सिकाइने उनको संस्थामार्फत नेपालमा भूकम्प पीडितहरूको लागि सहयोग पनि गरिएको थियो जसका लागि सिम्मीले आफंै कोरियोग्राफर भएर परम्परागत नेपाली फेसन शो सम्पन्न गरेकी थिइन् । बेलायतमा उनको संस्थाले कम्युनिटी हिरो अवार्ड प्राप्त गरेको छ । बेलायतमा बसेर नेपाली कला र संस्कृति चिनाउन अग्रसर सिम्मीको कार्य प्रशंसनीय छ ।