बैशाख १, २०८१ शनिबार

महिला सङ्घमा उमा रेग्मी विजयी



काठमाडौँ– नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनमा उमा रेग्मी विजयी भएकी छिन् ।uma-regmi

शुक्रबार मध्याह्नदेखि सुरु भएको मतदान आज बिहान (शनिबार) १२ः१५ मा सकिएको थियो । रेग्मी त्यसभन्दा अघि विसं २०५८ मा विराटनगरमा भएको पहिलो महाधिवेशनबाट पनि विजयी भएका हुन् ।

रेग्मी निकटतम प्रतिद्वन्द्वी मीना पाण्डेलाई दुई सय दुई मतान्तरले पराजित गर्दै विजयी भएकी हुन् । रेग्मीले ९९८ र पाण्डेले ७९६ मत प्राप्त गरेकाे प्रमुख निर्वाचन अधिकृत यदुनाथ खनालले जानकारी दिए ।

यस्तै महासचिवमा धना खतिवडा ९९८ मतले विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी गोमा केसीले ७७६ मत प्राप्त गरेकी थिइन् । कोषाध्यक्षमा जानकी सिंह ९११ मत प्राप्त गरी विजयी भएकी छिन् भने उनकी प्रतिद्वन्द्वी कुसुमदेवी थापाले ८०३ मत प्राप्त गरेकी थिइन् ।

दुई हजार ११४ मतदाता रहेको उक्त निर्वाचनमा एक हजार ८१४ जनाले मतदान गरेका थिए । कुल ५६ पदका लागि भएको निर्वाचनमा १२६ जना चुनावी मैदानमा उत्रेका थिए । निर्वाचनले सभापति, महासचिव र कोषाध्यक्ष एक एक, खुल्ला केन्द्रीय सदस्य २२, प्रदेश केन्द्रीय सदस्य प्रतिप्रदेशमा तीन जनाका दरले २१, जनजाति, दलित, मधेसी तीन तीन तथा मुसलमान एक केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

विजयी रेग्मी शेरबहादुर देउवा निकटकी हुन् । यसअघिको नेविसंको निर्वाचनमा समेत पराजय भएको रामचन्द्र पौडेल पक्षले फेरि पनि हार बेहोर्नु परेको छ ।