चैत्र १५, २०८० बिहीबार

क्रुर श्रीमान, जसले काटिदिए अाफ्नै श्रीमितकाे नाक



mahila-hinsa-india२ असाेज, एजेन्सी

श्रीमान घरमा नआउञ्जेल खाना नखाएर कुर्ने महिलाको बानी हुन्छ । त्यो दिन कमलेश श्रीमान कतिबेला घरमा आउलान भन्दै कुरेर बसेकी थिईन् । तर एउटी श्रीमतिले श्रीमानबाट जुन अपेक्षा गरेको हुन्छ त्यो भएन, २५ वर्षिय सञ्जिव राठौर राक्षस भएर निस्क्यो र पछाडीबाट आएर झ्याप्पै नाक काटेर फालिदियो । कमलेस मुर्छा परेर ढलिन् ।
यो फिल्मको कथा होईन, वास्तविक घटना हो भारत उत्तर प्रदेशको । शाहजहनपुरका २७ वर्षका सञ्जिव राठौरले भनेजति दाईजो नल्याएको भन्दै आफ्नी २५ वर्षिय श्रीमति कमलेश राठौरको नाक काटिदिएका हुन् ।
उत्तरप्रदेशको ८ वर्षअघि भएको विबाहमा सञ्जिवले ५० हजार दाइजो माग गरेका थिए । तर त्यो नपाएको भन्दै दिनहुँ श्रीमतिलाई कुट्ने र यातना दिने राठौरले सेप्टेम्बर १४का दिन खाना पकाउँदै गरेकी श्रीमतिको नाक नै काटिदिएको डेली मेलले जनाएको छ ।
भारतीय समाजमा दाइजो एक संस्कार नै भएको छ, त्यसमा नगद, गहना वा भूमि पनि हुन सक्छ ।
कम्लेशका अनुसार उनको श्रीमानले उनलाई दाईजोकै निहुँमा दिनहुँ कुट्थ्यो । श्रीमानले लठ्ठीले कुटने मात्र होईन मानसिक यातना पनि दिईरहन्थ्यो । तर पनि उनको परीवारले दाईजो दिन सकेन । ‘दिनहुँ रक्सी पिएर घर आउने उहाँले मलाई बेश्याको रुपमा काम गरेको आरोप लगाएर विक्री गर्ने धम्की दिनुहुन्थ्यो’ उनले भनिन ‘म सँधै मेरो बाबा धेरै गरीव हुनुहुन्छ, यतै धेरै नगद दिने औकात छैन भन्थेँ तर मेरो कुरा सुन्दैनथ्यो तेरो नाक काटेर फालिदिन्छु भन्थ्यो ।’
आठ वर्षको विबाहित जीवनमा श्रीमानले उनलाई सँधै तनाव मात्र दिएको थियो । उनको नाक काट्नका लागि उनको देवरले पनि सघाएको थियो । ‘त्यो दिन मैले खाना पकाउँदै थिएँ, देवरले मलाई बलियो गरी समाउनुभयो अनि श्रीमानले चक्कु लिएर आएर नाक काटिदिनुभयो’ उनले भनिन् ।
नाक काटेपछि उनीहरु भागेका थिए । कमलेशकी छ वर्षकी छोरी छन् । भाग्ने बेला उसको अन्तिम वाक्य थियो ‘ख्याल गर अव तँ जीवनभर यस्तै हुनेछेस् ।’

कमलेसले तुरुन्तै आफ्ना माईतिलाई खवर गरेपछि उनीहरुलाई उपचारका लागि लगेका थिए । तर डाक्टरले उनको नाक जोडन सकेनन किनकी उनको श्रीमानले लगेर मन्दिरमा चढाएका थिए । ‘तर हामीले अव उनको नाक जोड्न सक्दैनौँ, किनकी हामीसंग अपरेसन गर्ने पैसा छैन’ उनका दाजु सचिनले भने ।
कुठार प्रहरीका प्रमुख मनोज कुमारका अनुसार सञ्जिवको सबै परीवार फरार छ । ‘हामीले उनको श्रीमान, सासु, ससुरा, नन्द र देवरको खोजी गरीरहेका छौँ’ उनले भने ‘उनीहरुलाई नभेटेसम्म केही भन्न सकिँदैन ।’