बैशाख १, २०८१ शनिबार

हिराेर्इनकाे कफिसप



२ असोज,  काठमाडौ – हातमा ट्रे, ट्रेमा दुई चार कप कफी, कफी लिएर अगाडी बढ्दै गरेकी कृति । गायक एस कुमारको ‘म कहिले हाँसेको छु र मेरो सामु तिमि रुँदा’ गीतमा देखिएकी मोडल सरासर हाम्रो अगाडी आएर कफी टक्र्याईन ।

kriti

अनामनगरको हनुमानस्थानबाट थापागाउँ हुँदै वानेश्वर तीन नम्बर गेट जाने बाटोको छेवैमा, कफी पिउन एस्प्रेसो अर्गानिक कफी सप पस्दाको दृस्य हो यो । नायिका वा मोडल भएको कारण उनी अभिनयका लागि यो रुपमा देखिएकी होइनन् । विस्वास र उपहार फिल्मकी नायिका कृति भट्टराईलाई यहि अवस्थामा देख्न सकिन्छ आजभोलि ।

अभिनय, रेडियोजकी, न्यूजरीडरमा आफ्नो करीयर बनाएकी भट्टराई कफीसपकी मालिक्नी बनेकी छन् । तर यो उनले पहिला सोँचेको या कल्पना गरेको क्षेत्र होइन् । एसएलसी पढ्दापढ्दै अभिनयमा लागेकी भट्टराई अरुको काम गरिरहनु भन्दा आत्मनिर्भर बन्नका लागि आफ्नै केही व्यवसाय गर्नुपर्छ भनेर यो क्षेत्रमा होमिएकी हुन् । ‘यो व्यवसाय मैले यसरी लाग्छु भनेर नसोँचेको क्षेत्र हो, तर काम गर्दैजाँदा आफ्नै व्यवसाय नगरी नहुनेरहेछ भन्ने भयो र कफीसप खोलेँ,’ उनले भनिन् ।

कफीका प्रशिक्षक मानबहादुर श्रेष्ठ नेपाली कफी उद्योगको क्षेत्रमा नचिनेको नाम होइन । उनले कफी पढाएका धेरै विद्यार्थी अहिले देश विदेशमा नामी कफीमेकर बनेर मनग्गे कमाईरहेका छन् । उनै मानबहादुर संग मिलेर उनले कफी सप खोलेकी हुन् । ‘म एक्लै होईन, परीवार मिलेर खोलेको हो’ ललितपुर कुपण्डोल वासीन्दा उनले भनिन् ‘मान बहादुर दाईले पनि केही गरौँ न त बहिनी भन्नुभयो, मेरा भाइहरुपनि छन् भनेपछि आफूले जानेको विषय कफी सप नै खोलौँ न त भनेर खोलियो ।’

कफी बनाउन सिक्न पनि पाइन्छ
भदौ २१ गतेदेशि शुरु गरेको कफीसप पनि राम्रै चलेको छ । अहिलेसम्म २० लाख लगानीमा तालिम र कफी एकसाथको व्यवसायबाट राम्रो आम्दानीको संभावना देखिएको उनी बताउँछिन् । ‘भर्खरै कफीमात्र पिउन आउनेहरु त्यति धेरै नदेखिएकोले केक र बेकरी आईटम तथा मम पनि बनाउँछौ’ उनले विस्तार गरीन् ।
कफी बेच्नुका साथै उनीहरुले वारीस्ता ट्रेनिङ्ग पनि दिन्छन् । नेपाल बाहिर जानेहरुले तालिम लिनका लागि उनीहरुकहाँ सम्पर्क गर्छन । ‘कफी पकाउन सिक्न पनि पाईन्छ’ उनले हाँस्दै भनिन् ‘आउनुस्, हामी सिकाउँछौँ ।’kriti-1

स्कूल पढ्दा हाजिरीजवाफ, खेलकुद, बक्तृत्वकला लगायतका अतिरीक्त कृयाकलापमा प्रतिस्पर्धा गरेपनि त्यो बेला सोँच्दै नसोँचेको क्षेत्र अभिनयमा एसएलसि दिएदेखि नै लागिन र आफ्नो करीयर नयाँ ढंगले शुरुवात गरीन । ठीक त्यसैगरी अहिलेसम्म सोँच्दै नसोँचेको पेशमा हात हालेर फेरी उनले जोखिम मोलेको बताउँछिन्। ‘सबैले विदेश, सरकारी जागिर यस्तै भनछन्’ उनि भन्छिन् ‘तर मलाई लाग्यो आफ्नो केही गर्नुपर्ने रहेछ, त्यसैले यो व्यवसायमा लागेँ ।’
अहिले धेरै यूवायूवतिहरु नेपालमा जे गरेपनि प्रगति छैन भन्दै विदेश जाने लहर छ । कलाकारहरु पनि अभिनय गर्ने, केही कार्यक्रम बनाएर विदेश जाने अनि उतै पलायन हुने गरेका धेरै उदाहरण छन् । तर उनी भन्छिन् यसो गर्नु हुँदैन । ‘अन्तिम विकल्प विदेश के गरी देख्नुभयो मलाई अचम्म लाग्छ, त्यहाँ पनि जुठाभाँडा माझ्ने, अर्काले अह्राएको गर्ने हो, न आफ्नो मान्छेसंग भेट हुन्छ, न समयमा खान सुत्न पाईन्छ’ उनले भनिन् ‘आफ्नो ठाउँलाई माया गर्ने हो भने यहीँ पनि केही गर्न सकिन्छ ।’

फिल्म छाडेकी छैन
विश्वास र उपहार फिल्ममा खेलेकी कृति एसकुमारको म कहिले हाँसेको थिएँ र त्रीलोक रानाको अवसरवादी मायालु साथै टेलिसिरीयल गहना, कसलाई आफ्नो भनुँ र प्रेरणा लगायतमा अभिनय गरीसकेकी छन् । आफ्नो करीयसमा यसले केही सपोर्ट गरेपनि यो भन्दा आफ्नो व्यवसायले नाम र दाम दुवै कमाउन सक्ने उनको धारणा छ । ‘आफूलाई एक्स्प्लोर गर्दै जाने हो, नयाँनयाँ बाटोहरु भेटिन्छन् र यसबाट सफल पनि भईन्छ’ उनले भनिन् ।
अध्ययन र आफ्नो व्यवस्तताका कारण केहीवर्षदेखि अभिनय क्षेत्रमा नदेखिएकी कृति त्यो क्षेत्र भने नछाडेको बताउँछिन् । ‘मैले फिल्मी करीयरबाट सन्यास त लिएकी छैन नि’ अभिनय किन छाडेको भन्ने प्रश्नमा उनि भन्छिन् ‘ केही समयका लागि अध्ययनलाई निरन्तरता दिन अभिनयमा नदेखिएकी हुँ, जहिले पनि आउन सक्छु ।’
अर्गानिक नाता
अर्गानिक कफी र कफी एक्पोर्टको सहकार्यमा एउटी हिरोईन सञ्चारकर्मीको कफीसप भएरै होला चहलपहल भने अलि बढी नै छ । नजिकै चिया तथा कफी विकास बोर्ड पनि छ । कफीका बारे कसैले कुरा ग¥यो भने उनी भन्छिन ‘अर्गानिक कफी भनेपछि मेरो गुल्मेलीसंग विशेष नाता छ, ।’