बैशाख १२, २०८१ बुधबार

सभामुख घर्तीमगर चीन प्रस्थान



Speaker Onsari Gharti assumes her office at the Parliament Secretariat, Photo: RSS

असोज ३ काठमान्डौँ। सभामुख ओनसरी घर्तीमगर जनवादी गणतन्त्र चीनको गाम्सु प्रान्तमा हुने ‘सिल्क रोड इन्टरनेसनल कल्चर एक्स्पो’मा भाग लिन चीन प्रस्थान गरेकी छन्। असोज ४ र ५ गते हुने उक्त एक्स्पोमा भाग लिन सभामुख घर्तीको नेतृत्वमा आठ सदस्यीय नेपाली टोली त्यसतर्फ गएको हो।

एक्स्पो पछि उनले आगामी असोज ६ र ७ गते चीनको युनान प्रान्तको समेत भ्रमण गर्ने कार्यतालिका रहेको व्यवस्थापिका–संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले बताए। सभामुख घर्तीका साथ नेकपा माओवादी केन्द्रका नेता एवम् उनका पति वर्षमान पुन, सचिवालयका महासचिव मनोहर भट्टराईलगायत छन्।