बैशाख ७, २०८१ शुक्रबार

१० कक्षाकी विद्यार्थी राष्ट्रिय खेल खेल्ने



९ असाेज

गुल्मी –  १० कक्षाामा अध्ययनरत एक किशाेरी राष्ट्रिय खेल खेल्ने भएकी छिन् ।  महेन्द्र उच्च माध्यामिक विद्यालय तम्घासमा कक्षा १० मा अध्यानरत ईस्वरा कार्की अव केहि दिन पछि पुर्वाञ्चलको विराट नगरमा हुन गई रहेको ७ औं राष्ट्रिय खेलकुद प्रतियोगितमा भाग लिने भएकी हुन् ।
गुल्गमी घमिर ४ निवासी कार्की गत वर्ष पोखरामा सम्पन्न क्षेत्रिय राष्ट्रपति रनिङ्ग शिल्डकम प्रतियोगितामा पश्चिमाञ्चलमै उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भएकी थिइन ।
उनी जिल्ला विकास समिति गुल्मीकाे तर्फबाट कबड्डी प्रतियोतियोगिमा भाग लिने भएकी हुन् । कार्कीले गत वर्ष काठमाण्डौंमा भएको राष्ट्रिय स्तरको खेलमा समेत स्वर्णपदक जितेकी थिइन् ।  सानाे उमेरमै राम्राे प्रस्तुति गर्न सफल कार्कीले अाफू राष्ट्रिय प्रतियाेगीतामा पदक जित्ने कुरामा अाफूमा अात्मविस्वास रहेकाे बतार्इन ।