चैत्र १६, २०८० शुक्रबार

महिनावारी हुदा विद्यालयमा अनुपस्थित



 

mahinawari

१० असोज

भाेजपुर – भोजपुरको सानोदुम्मा माविले किशोरीबीच गरेको अध्ययनले ९० प्रतिशत किशोरीलाई महिनावारीले पढाइमा प्रतिकूल असर पर्ने गरेको देखाएको छ । भर्ना र हाजिरी खातामा छात्रको तुलनामा छात्रा सङ्ख्या बढी रहेको तर, विद्यालयमा छात्राहरुको उपस्थिति भने दोब्बर कम रहेको देखिएपछि विद्यालयले यस्तो अध्ययन गरेको हो ।

भोजपुरमा किशोरीहरुलाई विद्यालयमा सेनेटरी प्याड वितरणको योजना ल्याएपछि कक्षामा नियमितता र उपस्थिति क्रमिक रुपमा बढेको छ । तल्लो कक्षामा छात्रा उपस्थितिमा खासै फरक नदेखिएपनि ८ कक्षा देखि १० कक्षासम्म पढ्नेको उपस्थिति प्रभावित हुन्थ्यो । तीनै ओटा कक्षाका छात्रासँग विद्यालयले अप्रत्यक्ष तथ्याङ्कमा खुलेर आफ्नो समस्या उल्लेख गरेका छन् । किशोरकिशोरीले रुचाएको ‘साथीसँग मनका कुरा’ रेडियो कार्यक्रमलाई आधार बनाएर सोधिएको प्रश्नले अझ सहज भएको विद्यालयले जनाएको छ । शिक्षकसँग प्रत्यक्ष कुराकानीमा विद्यालय नआउनुको अन्य कारण देखाउने गरेको किशोरीले त्यसमा निर्धक्क महिनावारी उल्लेख गरेको बताए ।

‘छात्राहरु किन नियमित विद्यालय आउदैनन् ? चासो र चिन्ता भइरहन्थ्यो,कहाँ जान्छौँ भनेर गाली गथ्र्याैँ,’प्रध्यानाध्यापक अर्जुन राईले भने,‘हामीले उनीहरुको भावना बुझन नसकेर गल्ती गरेका रहेछौँ।’ तर अध्ययनको प्रतिवेदन आएपछि भने कुरा खुलस्त भएको उनल बताए ।

अध्ययनमा नाम महिनावारी उमेर समूह महिला शिक्षकको सहायताले विद्यालयमा खामबन्दी गरिएको थियो । र रेडियो कार्यक्रमभित्र प्रश्नावली प्याकेज खामबन्दी भित्र एकैचोटी काठमाडौँ पुग्ने भएकाले सही उत्तर लेख्ने भनी व्यहोर जनाइएको थियो । १२ देखि १६ वर्षसम्मको विद्यार्थीलाई प्रश्नावली वितरण गरिएको थियो ।

महिनावारी भएको बेलामा विद्यालयमा कपडा फेर्न र साबुनपानीले हात धुन गाह्रो भएकाले विद्यार्थी घरमा नै बस्ने गरेको अध्ययनले देखाएको छ । ६५ जनाले सेनेटरी प्याडको बारेमा पनि थाहा नपाएको र थाहा पाएकाले पनि उचित रुपमा प्रयोग गर्न नजानेको अध्ययनमा उल्लेख छ ।

अध्ययन पछि शिक्षिका गीतादेवी राईलाई फोकल पर्सनको जिम्मेवारी दिएको छ । विद्यालयमा ३ ओटा पुराना शौचालयलाई मर्मत गरेर साबुनपानी,प्याड र डस्टविब वितरण गरिएको छ । अध्ययनपछि महिनावारीको समस्या सुल्झिएको छ