बैशाख ८, २०८१ शनिबार

एउटा नारीको कारण जाेगियाे राज्यको मासिक ५६ लाख



After taking the oath of office and secrecy, Speaker Onsari Gharti assumes her office at the Parliament Secretariat, on Sunday, October 18, 2015. Photo: RSS

काठमान्डौँ १९ असोज ।  खर्च कटौती गरिएपछि व्यवस्थापिका–संसदले एक महिनामा ५६ लाख रुपैयाँ जोगाएको छ। संसदका समितिहरुमा मात्रै मासिक ५५ लाखले खर्च घटेको छ । समिति, संसदीय दल र सचिवालयको खर्च कटौतीलाई हेर्ने हो भने भदौ महिनामामात्रै ५६ लाख ३७ हजार ९ सय ९० रुपैयाँ घटेको संसद सचिवालयले जानकारी दिएको छ।

समितिहरु, संसदीय दल र सचिवालयको २०७२ भदौमा ६४ लाख ४ सय ७३ रुपैयाँ खर्च भएको थियो। तर, गत भदौमा ७ लाख ६२ हजार ४ सय ८३ रुपैयाँमात्रै खर्च भएको छ।

सभामुख ओनसरी घर्ती मगरले गत भदौदेखि लागू हुनेगरी संसदका समितिहरु, संसदीय दल तथा संसद सचिवालयमा व्यापक रुपमा खर्च कटौती गर्न निर्देशन दिएकी थिइन्। सभामुखको निर्देशनमा अहिले समितिका बैठकमा कालोचिया वा कालो कफीका लागि मात्र सचिवालयबाट खर्च गर्ने गरिएको खबर आजको राजधानी दैनिकमा प्रकाशित छ। संसदमा भएका क्रियाकलापहरुमा सचिवालयबाट चिया, खाजा र खाना खुवाउने कार्यलाई पूर्ण रुपमा निषेध गरिएको छ।