बैशाख १२, २०८१ बुधबार

लामो खोजीपछि समिया भेटिईन् हिटलरका लागि



samiya-and-sohitचलचित्र ‘हिटलर’ले नायीका भेट्याएको छ । लामो समयको खोजीपछि समिया बर्तौलालाई नायीकाको रुपमा भेट्याएको हो ।
नायीका भटिएसंगै अष्टनारायण पिक्चर्सले अव चलचित्र छायांकन शुरु गर्ने भएको छ । लामो समयदेखि यसको निर्माणपक्ष नायिकाको खोजीमा लागेको तर नायिका नपाउँदा चलचित्रको छायांकन सुरु हुन सकेको थिएन । धेरै यूवतीको अडिसनपछि मोडल समियालाई फाइनल गरिएको चलचित्रका निर्देशक सौरभ ढकालले जानकारी दिएका छन् ।
चलचित्र निर्माणमा मोसन पिक्चर्स र लोचन घिमिरे फिल्मस्ले पनि सहकार्य गर्नेछन् । चलचित्रका लागि सोहित मानन्धर फाइनल भैसकेका छन् ।
नायिका फाइनल गरिएपछि दशैपछि चलचित्रको छायांकन सुरु हुने निर्देशकले जानकारी दिएका छन् र रोमान्टिक प्रेमकथामा यो चलचित्र निर्माण हुनेछ ।