चैत्र १५, २०८० बिहीबार

गड्यौला मल बनाएर तरकारी फलाउने महिलालाई अन्तराष्ट्रिय पुरस्कार



१ कार्तिक, काठमाडौ – घरभित्रको फोर व्यवस्थापन गरेर सिर्जनशिल काम गर्ने चितवनकी एक महिलाले अन्तराष्ट्रिय पुरस्कार पाएकी छन् । घरबाट निस्कने फोहरलाई व्यवस्थापन गरी घरको छतमै तरकारी फलाउने र नकुहिने फोहरबाट विभीन्न सामान बनाउने भरतपुरकी तुलसा ज्ञवालीलाई ‘डब्लुडब्लुएसएफ अवार्ड’ प्रदान गरीएको हो ।
ग्रामीण जीवनको महिला सिर्जनशीलतामा नमुना काम गरेको भन्दै ज्ञवालीलाई ग्रामीण महिलाको अन्तर्राष्ट्रिय दिवसको अवसरमा स्विजरल्यान्डको ओमन्स वल्र्ड समिट फाउन्डेसन ९डब्लुडब्लुएसएफ० ले पुरस्कृत गरेको हो । प्राकृतिक विज्ञान सङ्ग्रहालयस्थित स्थानीय अन्वेषण प्रवद्र्धन नेपाल नामक संस्थामार्फत ज्ञवालीलाई प्रदान गरेको अवार्ड त्रिभुवन विश्वविद्यालयकी रजिष्टार प्राध्यापक डा सुधा शर्माले हस्तान्तरण गरीन् । अवार्डको राशि एक हजार डलर अर्थात् रु एक लाख छ हजार रहेको छ ।

ज्ञवालीले घरबाट निस्कने फोहर छुट्याएर कुहिने फोहरलाई गड्यौले मल बनाई कसेराबारी या घरको कौसीमै तरकारी फलाउने सफल प्रयोग गरेकी छन् । अहिले यहाँका गाउँका कौसीमा यही विधिबाट तरकारी फल्दै आएको छ ।

पुनः प्रयोग गर्न मिल्ने फोहर बिस्कुट चाउचाउका खोल तथा सुतली डोरीहरूबाट आकर्षक ढकी, पैसा ब्याग, टोपी, चप्पल, कलम राख्ने भाँडो, चकटी, झोला, कपसेट, हातेब्याग बनेका छन् । उनी अहिले गाउँगाउँमा यो सीप सिकाउँदै हिँड्छिन ।
प्राकृतिक विज्ञान सङ्ग्रहालयस्थित स्थानीय अन्वेषण प्रवद्र्धन नेपालका राष्ट्रिय संयोजक प्राध्यापक डा धर्मराज डङ्गोलले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै अन्य महिलालाई समेत पुरस्कारले प्रेरणा मिलेको बताए ।

फाउन्डेसनले मुक्त कमैयाको क्षेत्रमा काम गर्ने निर्मलादेवी चौधरीलाई समेत अवार्डका लागि छनोट गरेको छ । नेपालका दुई महिलासहित यो वर्ष विभिन्न देशका गरी नौजनालाई उक्त पुरस्कारका लागि फाउन्डेसनले छनोट गरेको थियो । ग्रामीण जीवनमा सिर्जनशीलतामा लागेर नयाँ अन्वेषणको प्रयोग गरी समाज परिवर्तनमा लागेका महिलालाई यो अवार्ड दिइन्छ ।

सन् १९९४ मा स्थापना भएको यो अवार्डबाट हालसम्म विश्वका १३० देशका ४२२ जना महिला सम्मानित भइसकेका छन् । तुलसाका श्रीमान् कपिल ज्ञवालीले पुरस्कारले गाउँमा महिलालाई उत्प्रेरणा जगाउन थप प्रेरणा मिलेको प्रतिक्रिया दिए। रासस