चैत्र ३०, २०८० शुक्रबार

मिस अर्थ रिर्साट वेरमा रोशनी दोस्रो



roshni२ असाेज, काठमाडौं – मिस अर्थ अन्तर्गत रिर्सोट वेर प्रतियोगितामा नेपाली चेली रोशनी खत्रीले दोस्रो स्थान हासिल गरेकी छिन्। इक्वेडर र लेवनानले प्रतियोगितामा पहिलो जितेका छन्।

आगामी कात्र्तिक १३ मा फिलिपिन्समा हुने मिस अर्थमा नेपालको प्रतिनिधित्व गरेकी रोशनी खत्रीसहित ८४ देशका प्रतिनिधिहरु प्रतियोगितामा सहभागि भएका थिए। यसअघि रोशनीले मिस अर्थको लागि नेपालको प्राकृतिक सुन्दरता र जलवायु परिवर्तनलाई केन्द्रित ‘अ ह्याप्पी होम’ नामक प्रोजेक्ट तयार गरेकी छिन्।

मिस अर्थ अन्तर्गतको गाउन प्रतियोगिता, ड्रालिङ अफ द प्रेस र वृक्षरोपणमा उनी सहभागि भएकी थिइन् । मिस अर्थको यो १६ औँ संस्करण हो । उनीसहित हंगेरी, अमेरिका, श्रीलंका, रसिया, इटाली, घाना, नर्वे, पोल्यान्ड, टर्की, ब्राजिल, स्पेन, पेरु, डेनमार्क, जापान, क्यानेडा, चीन, इन्डिया र फ्रान्स लगायत ८४ भन्दा बढी राष्ट्रको प्रतिनिधिले सहभागिता जनाएका छन्  ।