चैत्र ३०, २०८० शुक्रबार

तिहार खर्च ‘सालैको पात’



salko-pat५ कार्तिक, कपिलवस्तु – धेरै ठाउँमा सालको पात जंगलमा त्यसै खेर गईरहेको छ तर कपिलबस्तुको विपन्न थारु समुदायका महलिाका लागि भने तिहार खर्च जोहो गर्ने साधन बनेको छ । तिहारका लागि खर्च नभएपछि जिल्लाको उत्री भेकका बिपन्न थारु महिलाले सालको पातबाट टपरी खुटेर विक्रि गर्न थालेका छन् ।तिहारमा हुने खर्च धान्नका लागि उक्त क्षेत्रका धैरै विपन्न महिलालाई बनमा गएर सालको पात टिपेर ल्याउन र सालको पातवाट दुना टपरी गाँस्नु भ्याइ नभ्याइ छ ।
बजारमा सालको पातको माग धेरै भएकाले जिल्लाको धनकौली, जयनगर, मोतिपुर, बरकूलपुरलगायतका गाउँ बिपन्न परिवारका महिलालाई पात र दुना टपरी बेचेर तिहार खर्च जुटाउन सहज भएको छ । तिहारमा देउसी भैलो खेल्नेलाई सिदा दिन होस वा चेलीबेटीले आ आफ्ना माइतीलाई मिठो परिकार खुवाउन सालको पातबाट बनेका दुना टपरीको प्रयोग अत्यधिक हुने गर्दछ । त्यसैले सालको पातको माग अहिले धेरै भएको उनीहरू बताउँछन् ।
यहि चलनले तिहारको आगमनसँगै सालको पात बेचेर जीवन गुजारा गर्ने कपिलवस्तुका विपन्न परिवारको अहिले उत्साह बढाएको छ । वर्षौदेखि राष्ट्रिय बनबाट सालको पात ल्याएर तौलिहवा बजारमा विक्री गरि परिवार धान्दै आएकी जयनगरकी ५० वर्षीया सुनरी थारुले तिहारका बेला सालको पात बढी विक्रि हुने बताइन् । अरु बेला भन्दा बढि आम्दानी भएपछि सालको पात बेचेरै ११ जनाको परिवारसँगै तिहार उम्काउने योजना रहेको उनले सुनाइन् । उनीहरू विहान ४ वजे उठेर सदरमुकाम तौलिहवा वजारमा पात विक्रिका लागि हिँडेरै आउने गर्छन् । हुने खानेले दाजुभाईलाई मिठा चिज लिन वजारमा मालसामान किन्ने हतारो भईरहदा कपिलवस्तुको उत्तरी भेगका बिपन्न थारु महिलालााको यो योगदान सहनिय भएको त्यहाका बुद्धिजिविहरु बताउँछन् ।