चैत्र १५, २०८० बिहीबार

यसरी बच्न सकिन्छ स्तन क्यान्सरबाट



   डा. रंगिना लाइकंगबम (शाह)

अक्टोबर महिनालाई क्यान्सरविरुद्ध चेतना जगाउने महिनाको रूपमा विश्वभर मनाइने गरिन्छ । विश्वमा ठूलो संख्यामा महिला स्तन क्यान्सरबाट पीडित रहेको पाइन्छ । समयमा नै आफ्नो स्वास्थ्यको बारेमा सचेत भएमा स्तन क्यान्सरजस्तो रोगबाट पनि बच्न सकिन्छ । बेलाबेलामा आफ्नो स्तनको आफैं परीक्षण गर्नाले पनि यो रोगलाई प्रारम्भिक चरणमै पत्ता लगाउन सकिन्छ । जसले गर्दा उपचार पनि सजिलो हुनुको साथै आफ्नो अमूल्य जीवन पनि गुमाउनु पर्दैन ।

कुन महिलालाई स्तन क्यान्सर बढी हुने सम्भावना छ ?

.जसको परिवारमा पहिले स्तन क्यान्सरले पीडित भइसकेको अवस्था छ ।
. ७५ प्रतिशतभन्दा बढी क्यान्सर ५० वर्षभन्दा माथि भएका महिलामा देखिएको छ ।
. जुन महिलाको पहिलो महिनावारी १२ वर्ष उमेरभन्दा घटीमा भएको छ ।
. जुन महिलाको ५५ वर्षभन्दा माथि महिनावारी सुकेको छ ।
. जुन महिलाले बच्चा जन्माएकी छैनन् ।
. जुन महिलाको पहिलो गर्भ ३० वर्षभन्दा माथिको उमेरमा रहेको छ ।
. मोटा महिलामा
. जुन महिलामा चुरोट र मदिरापान गर्ने बानी छ ।
. जुन महिलाको रेडियसन एक्सपोजर हुन्छ ।
स्तन क्यान्सरका लक्षणहरूः स्तनमा गाँठो भएको अवस्थामा
. स्तनको आकारमा बदलाव आएमा
. स्तनको मुन्टोबाट कुनै डिस्चार्ज भएमा
. स्तनको दुखाइ बढ्दै गएको अवस्थामा
. स्तनको छालामा कुनै बदलाव आएमा

स्तन क्यान्सरको स्क्रिनिङ

.२० देखि ३९ वर्षको विवाहित महिलाले नियमित रूपमा हरेक तीन वर्षमा आफ्नो स्तनको जाँच चिकित्सककहाँ गएर गराउनु जरुरी छ । त्यसैगरी ४० वर्ष कटिसकेका महिलाले हरेक एक वर्षमा जाँच गराउनु आवश्यक हुन्छ ।

. मेमोग्राफी जाँच ४० देखि ५० वर्षका महिलाले हरेक तीन वर्षमा जाँच गराउने र ५० वर्ष कटिसकेका महिलाले हरेक वर्षमा नियमित रूपमा गराउनु जरुरी छ ।

रोगबाट बचावट

. स्तन क्यान्सरको बचाउको लागि नियमित रूपमा आफ्नो स्तनको जाँच गराउने र कुनै पनि लक्षण देखिएको छ भने तुरुन्त आफ्नो चिकित्सकको सुझाव लिनु पर्दछ ।
. हरेक महिलाले आफ्नो स्तनको जाँच आफैं गर्न सक्नुहुनेछ । यसको अधिक बारेमा थप जानकारी चाहिएमा आफ्नो चिकित्सकसँग सल्लाह लिन सक्नुहुनेछ ।
(डा. शाह अल्का अस्पताल जावलाखेलमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् ।)