बैशाख ११, २०८१ मंगलबार

मञ्जु पौडेल र पशुपति शर्माको झगडा हात हालाहालसम्म



manju_pashupati१५ मंसिर, काठमाडौं –  लोकप्रिय गायिका मञ्जु पौडेल र गायक पशुपती शर्माको झगडा कुटाकुट सम्मको अवस्थामा पुगेको छ । गीत गाउँदागाउँदै व्यक्तिगत विषयमा भएको झगडामा विबाद चर्केपछि हात हालाहालको अवस्थामा पुगेको हो । कुटाकुट हुनै लागेको अवस्थामा दुवैजनाका साथीले उनीहरुलाई छुट्याएका थिए । मञ्जुले अकोैपटक नकुटी नछाड्ने चेतावनी दिएकाी छन् ।

यो घटना लोक दोहोरी म्यूजिक भिडीयोको हो । सधै जसो प्रेममा आधारित गितहरु सार्वजनिक गर्दै आएकी मञ्जु र पशुपतीको हालै सार्वजनिक भएको एक फरक खालको रोइला गितमा घम्साघम्सी भएको हो ।

रोइला  भाकामा तयार पारिएको गितमा दोहोरी गितमा गाउदा हार्ने र जित्ने जस्ता कथा बस्तुमा गित तयार गरिएको छ । रोइला गित सार्वजनिक गर्दै गायिका मञ्जुले फरक कथा बस्तुमा फरक खालको स्वाद दिलाउन खोजेको बताइन । गितमा गाउदै गर्दा हारे पशुपती शर्माले गितै गाउन छोड्ने जस्ता कथा समाबेश गरिएको छ ।

गायिका मञ्जु पौडेलले ढुक्क संग जित्ने र आफ्ना भाडा माजने जस्ता कथा बस्तु राखिएको छ । गितमा सुन्दा प्रत्यक्ष दोहोरी गित गाउदा जस्तै गरि प्रस्तु सुन्न सकिन्छ । गितको अन्तिम सम्म दुबै गायक गायिकाको झगडा वढेको कथा बस्तु समाबेश छ ।

मञ्जु र पशुपतीको शब्द रहेको गितमा पशुपतीको लय रहेको छ । गितको म्युजिक भिडियोमा पशुपती, मञ्जु,नरेश,कबिता अभिनय रहेको छ । बि एम एस फिल्मस् प्रालिले बजारमा व्यबस्थापन गरेको छ ।