बैशाख ११, २०८१ मंगलबार

आफ्नै पार्टीका अध्यक्षले गरे गायीका कोमललाई सम्मान



काठमान्डौँ २४ मंसिर । तिन हप्ता अगाडी मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रबेश गरेकी लोक तथा दोहोरी गायिका कोमल वलीलाई आफ्नै पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले सम्मान गरेका छन् ।

kamol

क्लानिधि इन्दिरा संगीत महाबिद्यालयको ५३ औ बार्षिकोत्सबका अबसरमा गायीका वली सहित संगीत क्षेत्रमा अतुलनीय योगदान पु¥याउने संघ संस्था र व्यक्तिहरुलाई सम्मानित गरिएको हो । यसरी सम्मानित हुनेहरुमा संगीत प्रबिण नरराज ढकाल स्मृती प्रतिष्ठान,आस्था कलाकेन्द्र तबला बादक दिपक गुरुङ्ग लगायत छन् । विभिन्न व्यक्ती र संस्थालाई सम्मान गर्दै राणाले कला संस्कृति र संगीतले राष्ट्रलाई चिनाउने भएकोले यसको जगेर्नामा सबै लाग्नुपर्ने बताए ।
संगीत महाबिद्यालयकी अध्यक्ष इन्दिरा श्रेष्ठ र प्राचार्य धनबहादुर गोपालीले रेडियो नेपालले संगीतको बिकासका लागि गरेको योगदानको प्रसंसा गरे ।