बैशाख १, २०८१ शनिबार

महिलाका कारण ‘यसरी एउटा कच्ची चर्पीको मृत्यु भयो ‘



local-toiletगोविन्द सुवेदी 

सामाजिक विकास तथा अनुसन्धान केन्द्र, नेपालद्वारा सञ्चालित खानेपानी तथा सरसफाइ कार्यक्रम हेर्ने जिम्मेवारी पाएर केही समयअगाडि मलगायत मेरो टिम चितवनको सिद्धि गाविसमा पुग्यौँ । चेपाङ समुदाय बाहुल्य रहेको सो गाविसमा आजभन्दा १० वर्षअगाडि पुगेभन्दा निकै परिवर्तन आएको देख्दा हामी अचम्मित भइरहेका थियौँ । अचम्मित के कुरामा भने भीरपाखाको बास र कन्दमूल तथा चिउरी अनि चमेराको भोजनमा रमाउने चेपाङ समुदायको अहिले आफैँले खेतीपाती गर्ने, तरकारी उब्जाउने र बाख्रापालनले आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा नै परिवर्तन भएको रहेछ ।

बालबालिकहरू सबै छात्रावासमा सहयोगी दाताहरूका भरमा चितवनकै शक्तिखोर, रत्ननगर, पिप्ले आदि ठाउँमा सहारा पाइरहेका रहेछन् । हामीहरू गाउँको परिवेश बुझ्दै उकाली उक्लँदै वार्ड नं ९ मा रहेको श्री राप्राविको भवनमा पुग्यौँ । खानेपानी र सरसफाइको अवस्थाका बारेमा छलफल गर्दै उपभोक्ता समिति गठनका लागि बहस हुन थाल्यो । बिहान १२ बजे पुगेका हामी साँझ ६ बजेसम्म पनि समुदायका सदस्य उपभोक्ता समितिको नेतृत्व लिने–दिने कुरामा निकै चर्काचर्की बहस गर्न पुगे । हामी उत्साहित भयौँ कि यति धेरै मानिस नेतृत्व लिन तँछाडमछाड गरिरहेका छन् ।

काम गर्न सजिलो हुने भो भनेर समुदाय सामाजिक रूपमा पनि जुरूक्क उठिसकेको मूल्यांकन ग¥यौँ । अन्त्यमा ६ः३० बजेतिर कुरा सहमतिमा टुंगियो । चितवन खुला दिसामुक्त क्षेत्र घोषणा भएको पनि ७ वर्ष भइसक्यो । हरेक घरमा चर्पी पक्कै छन् भन्ने हाम्रोे अनुमान गाउँको बाटो हुँदै जाँदा छिन्नभिन्न भयो । ‘हरेक घर ः एक चर्पी एक धारा’को नारा नारामै सीमित भएको महसुस भयो । बास बस्ने घरमा त पक्कै चर्पी हुनैपर्दछ भन्दै हामी बासस्थानतिर लाग्यौँ ।

बास बस्ने घरआँगन सफा छ, गोठ पर छ र पनि सफा छ । बनेको चर्पी पनि सफा र व्यवस्थित रहेछ, हामी खुसी भयौँ । साँझ यसो थकाइ मार्ने हो कि सर ? भन्ने आग्रहलाई हामीले इन्कार ग¥यौँ । बरू, पोलेको मकै खाने प्रस्ताव अगाडि सा¥यौँ । छोपेको पानीको भाँडा, सफा बिस्तारा आदि देख्दा हामी आनन्दित भयौँ । चेपाङ समुदायमा हरेक काममा सबै जना जुटेको देख्दा रमाइलो लाग्यो ।

सरसफाइमा लैंगिक समानताको कुरा गर्ने हामीले सो कार्यका लागि घरका महिला–पुरूष सबै जना जुटेको देख्दा हामीलाई खुसी लाग्यो । यहाँ महिला–पुरूषलाई जम्मा पारी लैंगिक समानताका कुरा गरिरहनु जरूरी छैन भन्ने लाग्यो । ५ वर्षअगाडि लैंगिक समावेशीकरण तालिम कार्यक्रममा सहभागीहरूलाई यहाँको सरसफाइमा लैंगिक भिन्नताको अवस्थाका बारेमा जिज्ञासा राख्दा एक जना ब्राह्मण समुदायबाट सहभागी भएकाको अनुभव यस्तो रहेको थियो ।

कुनै त्यस्तै तालिममा सहभागी हुन उनी बिहानको कामधन्दा पूरा गर्दै सरसफाइ कार्यसमेत गरी सहभागी भइन् । दिउँसो अचानक फेरिएको मौसमसँगै हावा र पानी पर्ने संकेतले पतिलाई फोन गरी छतमा सुकाएको कपडा उठाउन सम्झाइन् । साँझ घर पुग्दा आफ्ना भित्री कपडा बाहिर नै रहेछन् । किन ? भनेर उनले प्रश्न गर्दा छरछिमेकले देख्दा हुने लाजको कारणले भन्ने प्रतिउत्तरले उनी रन्थनिइछन् ।

सरसफाइ यस्तो प्रक्रिया हो, जुन निरन्तर गरिरहनु पर्दछ । एक्लो प्रयासले यो सम्भव हुँदैन, किनकि यो बानी र व्यवहार पनि हो । जो निरन्तर सरसफाइमा लाग्दछ, उसले जहाँ पनि आफनो सफाइ गरिरहेकै हुन्छ र आफ्नो फोहोर पार लगाउँछ । जसको बानी र स्वभाव नै त्यस्तो छैन, ऊ लापरबाह हुन्छ र सफाइमा ध्यान दिँदैन । एउटा परिवारमा सबैले सरसफाइमा ध्यान दिइएन भने त्यो पूरा हुन सक्दैन । त्यसकारण, घरघरमा सरसफाइमा लैंगिक समानता अहिलेको आवश्यकता हो ।

अर्को प्रतिनिधि घटना यस्तो छ स् हामी यस्तै सिलसिलामा १८ वर्षअगाडि नवलपरासीको बुलिङटार जाँदै थियौँ । हिँड्दाहिँड्दै साँझ झमक्क प¥यो । साथमा म, ताराजी, झलक र एक जना इन्जिनियर साथी थियौँ । साँझको बास डाँडाझेरीको एउटा गाउँमा बस्ने भइयो । साँझ खाना घरभेटी दिदीले पस्कनुभयो । जसै खाना खान सुरू ग¥यौँ, बच्चा रोइकराइ गर्दै आयो । बच्चाको सिँगान दिदीले हातले पुछिन् र आफ्नो गुन्यूमा सफा गरिन् । हामीलाई खानाको भोक मरिसकेको थियो । जसोतसो सुत्यौँ र बिहान उठ्यांैँ । ए दाजु, चर्पी कता छ ? भनी सोधेको त कर्सापछाडि भनेर देखाइदिए, सँगसँगै सुँगुर पनि आइरहेको थियो । हामीलाई त्यस्तो ठाउँमा शौचालय जानु उपयुक्त लागेन । घरअगाडि बच्चालाई थालमा बासी खाना राखिएको थियो । बच्चा पनि सँगै खाँदै र सुँगुर, कुखुरा पनि सँगै खादंँ थिए । सरसफाइको त्यस्तो अवस्था देख्दा हामीलाई दिक्क लागिरहेको थियो । खानेपानी र सरसफाइसँग बढीभन्दा बढी महिलाहरू संलग्न हुन्छन् र सरोकार राख्दछन् । जबसम्म हामीले सरसफाइको विषय सबैको साझा सवालका रूपमा नबुझी महिलासँग मात्र सरोकार राख्ने रूपमा बुझ्दछौँ, तबसम्म हाम्रो सरसफाइको स्थितिमा परिवर्तन आउन अझै निकै समय लाग्ने निश्चित छ ।

देशमा करिब ३८ जिल्ला खुला दिसामुक्त घोषणा भइसक्दा पनि अझै त्यति नै बाँकी रहेका छन् । खुला दिसामुक्त घोषणा भएका जिल्लाहरूको अवस्थामा पनि पुनरावलोकन गर्नुपर्ने देखिन्छ । खाल्टे चर्पी बनाई हतारहतारमा खुला दिसामुक्त क्षेत्र घोषणा गरिएका जिल्लाहरूमा पनि पहिलेकैै अवस्थामा पुगेको देखिन्छ । यद्यपि, खाल्टे शौचालयमा जाने बानीले गर्दा कतिपयले आनीबानीको कारणले पक्की चर्पी नबनाएका पनि होइनन् ।

हामी बास बसेको घरको नजिक एक जना वृद्ध चेपाङसँगको छलफलमा के रहस्योद्घाटन भयो भने खाल्टे चर्पी निर्माणको ५÷६ महिनापश्चात् बारबेर र घामपानीले नष्ट हुँदा खाल्डो छोपिन पुग्यो, उपयोग भएन । खेतबारी जोत्ने गोरू पसी मृत्यु भएकाले खाल्टो पुरिएको हुँदा सम्पूर्ण गाउँमै खाल्टाहरू पुरिए । यसरी एउटा कच्ची चर्पीको मृत्यु भयो । अहिले हामी पूर्ण सरसफाइका कुरा गरिरहेका छौँ । पूर्ण नै नभए पनि यी यस्ता केही कुराहरू छन्, जसलाई हामीले अवलम्बन गर्न थालेका छौँ ।

१) चर्पीको प्रयोग ः

सबैजसोले सधैँ चर्पीमा दिसापिसाब गर्ने गरेको, चर्पीको सरसफाइ नियमित गर्ने गरेको, चर्पीको लागि साबुन र पानीको व्यवस्था भएको ।

२) साबुनपानीले हात धुने बानी ः

चर्पीको प्रयोगपछि, खाना बनाउनु, खानु र खुवाउनुअघि, कुनै फोहोर कुरा÷विषादी छोएपछि तथा बिरामी तथा बच्चाको स्याहार गर्नुअघि र पछि साबुनपानीले मिच्दै हात धुने बानीको विकास भएको ।

३) सुरक्षित पानीको प्रयोग ः

पानी पिउने, खनाउने, राख्ने भाँडो सफा र छोपेर राखेको, छोपेको इनार÷ह््यान्डपम्प÷मुहानको सुरक्षित पानी खाने गरेको, खानेपानी सुरक्षा योजना लागू भएको वितरण प्रणालीको पानी पिउने गरेको वा असुरक्षित भए घरायसी तहमा शुद्धीकरण गरेर मात्र पिउने बानी भएको ।

४) सुरक्षित खानाको प्रयोग ः

पकाउने भाँडा, भान्सा सफा र सुरक्षित तथा खाना छोपेर राखेको, खानेकुरालाई ७० से. भन्दा माथिको तापक्रममा पकाएर खाने गरेको, खाने कुरा भण्डारण गर्नुपरेमा ५ से. भन्दा कम तापक्रममा गर्ने अन्यथा बासी, सडेगलेको नखाने गरेको, पकाएको र काँचो खानालाई नमिसाउने गरेको, सुरक्षित पानी र खाद्यवस्तुको मात्र प्रयोग तथा काँचै खानेकुराहरू राम्रोसँग पखालेर खाने गरेको ।

५) सफा घरआँगन ः

घरआँगनको सधैँ सफाइ गर्ने गरेको, घरबाट निस्कने फोहोरको वर्गीकरण तथा व्यवस्थापन गर्ने गरेको, घरबाट निस्कने फोहोर पानीको व्यवस्थापन गर्ने गरेको, पशुपक्षीका लागि छुट्टै टहरा÷खोर बनाई मलमुत्रको व्यवस्थापन गर्ने गरेको, धूवाँरहित भान्साकोठा भएको ।

६) वातावरणीय सरसफाइ ः

खुल्ला दिसामुक्त अवस्था भएको गाँउ, बाटोघाटो, चौतारा तथा अन्य सार्वजनिक स्थानहरूमा भएको फोहोरमैलाको व्यवस्थापन भएको, संरक्षित पानीका मुहान र वितरण प्रणाली, सफा खोला, नदीनालाहरू, वायु प्रदूषण नभएको, हरियाली वातावरण÷पार्कको व्यवस्था भएको ।

यी माथिका सबै पूर्ण सरसफाइका क्रियाकलापमा लैंगिक समानता तथा सहभागिताको कारण मात्र हामी पूर्ण सरसफाइको कल्पना गर्न सक्दछौँ, अन्यथा सम्पूर्ण छलफलमा नै सीमित रहने निश्चित छ ।