बैशाख १२, २०८१ बुधबार

नेपालको पहिलो महिला कुलपतिको घाउ : ‘सपनामा छोरी आउँछे, रुन्छे, मलाई जानै मन छैन भन्छे’



ragini-upadhya२ मंसिर, काठमाडौं- नेपालको पहिलो महिला कुलपति को रु रागीनि उपाध्याय । यो पगरीले रागीनीलार्इ दिने खुसी कसैले कल्पना गर्न सक्दैन । जीवनको सबैभन्दा ठूलो खुसी हुन्छ भने यही हो । तर, अचेल यिनको ओठमा उमंगको उठ्दो लाली भेटिँदैन । आँखा रसाइरहन्छ बारम्बार ।
जतिबेला उनी जीवनमा धेरै खुसी भईन त्यति नै बेला उनमा सबैभन्दा दुःख पनि लाग्यो । जीवनको सबैभन्दा दुःख, एउटी छोरीले गुमाउने सबेभन्दा ठूलो कुरा र एउटी आमाले सबैभन्दा ठूलो कुरा गुमाईन् । एक वर्षको अन्तरालमा आमा र छोरी गुमाउनु पर्‍यो उनले । उनी छोरीलाई त्यो बनाउन चाहान्थिन जुन उनी बन्न सकेकी थिईनन् । आफूभन्दा पनि अब्बल नारी । तर त्यो कल्पना पूरा हुन सकने ।

000

त्यो बेला छोरीलाई पढाउने चलन थिएन । उनका बा फरक निस्किए । इलाहाबाद गल्र्स स्कुलको होस्टलमा राखिदिए । छोरीले पढोस् भन्ने चाहन्थे उनी । तर, छोरी भने पढाइमा सधैं कमजोर । न म्याथ आउने, न इकोनोमिक्स । ‘के गरेर खान्छे तिम्री छोरीले रु ु हरेक छोरी भेट्न गएका बालाई सिकायत गर्थे प्रिन्सिपल । तर, केही त थियो रागिनीभित्र पनि । देखाइदिइन् त्यो खुबी । ८ कक्षा पढ्दा जिल्लास्तरीय चित्रकला प्रतियोगितामा प्रथम भएर ठूलो सिल्ड स्कुल ल्याएपछि उनलाई हेर्ने दृष्टिकोण नै फेरियो । उनको त्यो खुबी चिनेकी थिइन् उनकी कला शिक्षिकाले । ‘तिनले मेरो दिमागमा कीरा हालिदिएकी थिइन्, फाइन आर्टको कीरा ।ु त्यही किरा निकाल्न उनी लखनउ पुगिन् । घरमा जसोतसो बाआमालाई सहमत गराएर ।
सन् १९७८ । लखनउ । ललितकला पढ्न गएकी थिइन् रागिनी उपाध्याय । भारतको इलाहाबादमा रहेको गल्र्स स्कुलबाट हाइस्कुल सकेर । पढाइका सुरुआती दिनहरू सजिला थिएनन् । छोरी पढाउने भनेर कुरा काट्थे मान्छेहरू । छोरीलाई पढाएपछि अनुहारमा फोहोर गर्दिन्छे भन्थे मुखैसामु । १६÷१७ की उनी रुँदै आउँथिन् बासँग । बा भन्थे, तिनीहरूको कुरा नसुन । मान्छे भनेका त हात्तीजस्तो हुनुपर्छ । हात्तीलाई स्याल, फ्याउराहरूले भुक्छन् तर टाढै बसेर । हात्ती कसैलाई वास्तै नगरी अगाडि लम्किरहन्छ ।

हात्ती जसरी नै लम्किन् उनी, कसैको परवाह नगरी । सन् १९९१ मा देहावसान भएका बुवालाई सम्झेर सन् १९९९ मा बनाइन् चित्र । सायद भन्न चाहन्थिन्, बा म तपाईंले भनेजस्तै हात्ती भएँ । चित्रमा नारी शरीर र हात्तीको मिश्रण गरिएको छ । हात्ती लम्किरहेछ । स्याल, फ्याउरा भुकिरहेछन् । डाहले जल्नेहरू आगो ओकलिरहेछन् ।

हात्ती बन्न सजिलो कहाँ थियो र रु जिन्दगीको अँध्यारो जंगलमा घोडाजस्तो दौड्नुपथ्र्यो । पढाइ सकेर सन् १९८६ मा काठमाडौं आउँदा उनीसँग मात्र एउटा सुट्केस थियो । ‘सुटकेस अफ एजुकेसनु नाम दिइन् उनले । ‘त्यसमा सर्टिफिकेट र केही जोर लुगामात्रै थिए ।ु बालकोटमा रहेको चिटिक्क परेको घरको ग्यालरीजस्तो कोठामा बसेर विगत सम्झिइन् उनले ।

सानो आँगन, सानो बगैंचा भएको सुन्दर घर । घरभित्र छिर्नासाथ जो कसैको मुखबाट ‘वाउु फुस्किने गरी सजाइएका चित्रहरू । कुर्सी होस् वा टेबल, भित्ता होस् वा भर्‍याङ, बाथरुममा पनि कलाको स्पर्श । यो सुन्दर सिर्जना उनले आफ्नै कमाइले बनाएकी । चित्र कोरेरै ।

कति बनाइन् चित्र रु कति खेलिन् रंगहरूसँग रु हिसाब गर्न एक दिनको फुर्सद निकाल्नुपर्छ । ‘तपाईं हामी बसेको ‘लो बेडुभित्र पनि मेरा सयौं मिनिएचर छन्ु भन्दा छक्क पर्नुको विकल्प थिएन ।
जहाँ जहाँ गइन् चित्र कोर्नकै लागि गइन् । जति कोरिन् जिन्दगी उतारिन् । सन् १९८७ मा एक वर्ष बेलायत बसिन् । अध्ययनकै सिलसिलामा । घाम झुल्किन गाह्रो मान्ने बेलायतको कालो चित्र कोरिन् उनले । समुद्रका छालहरू पनि अन्धकारमा हराइरहेको देख्न सकिन्छ ती चित्रमा ।

त्यसपछि जर्मन गइन् । जापान गइन् । जहाँजहाँ गइन् त्यहाँको कलाको विशेषता पक्रिन् । त्यसलाई पूर्वीय संस्कृतिसँग घोलिन् । पश्चिमा रङ, प्रकाश र पूर्वीय मिथकको अनौठो मि श्रण भेटिन्छ उनका चित्रहरूमा । अमूर्तताभित्र मूर्त भाव र मूर्तजस्तो छनकभित्र अमूर्त दर्शन उनका चित्रमा भेटिने गुण हुन् । के मात्रै कोरिनन् उनले रु उनका चित्रहरूको सँगालोमा पसेपछि निस्कन गाह्रो पर्छ जोकोहीलाई पनि । तर, धैर्य चाहिन्छ रङ र रेखाहरूमा डुबुल्की हाल्ने ।
०००
यौवन छ उनको तस्बिरमा पोतिएको उज्यालो र गुलाबी । सन् १९९१ तिर तीनमहिने जापान बसाइका बेला उनी श्रीमान्सँग गहिरो प्रेममा थिइन् । भर्खरै गहिरिँदै गरेको प्रेम अनि टाढाको बसाइ, छटपटाहट चिठीमा आदानप्रदान हुन्थ्यो । प्रेमी अल्बर्ट ग्रेलाले हरेक दिन आठदस पेजको चिठी पठाउँथे । हैरान हुन्थे हल्काराहरू पनि । तिनै चिठी टिपेर बनाइन् चित्र । अक्षरैअक्षर, वाक्य नै वाक्य र उडिरहेको उन्मुक्त पन्छी ।

कतै झझल्को पोखिन् । ‘हरेकपटक काग कराउँदा आमाले सोध्नुहुन्थ्यो९ के सन्देश ल्याइस् रु को आउँदैछ रु ु आमाको झझल्को आयो उनलाई, ‘एसएमएस र फोनले बोक्छन् अनेकन सन्देश ।ु त्यसैले काग बनाएकी छन् उनले चिठीको आँखा र फोनको कान भएको ।

कलाकार न हुन्, सानो सानो प्रसंगले पनि छुन्छ । देश र समाजले नछुने त कुरै भएन । देशलाई नेताहरूले काटिरहेको देखिन् । र, बनाइन् मुसाहरू रोटी टुक्रा पारिरहेका छन् । रोटीमा देश भेटिन्छ । मुसा सबैले चिनेकै छन् ।

समाज भने सचेत छैन । भ्रष्टाचार भयो भन्छ । तर, कसैले धनसम्पत्ति जोड्नासाथ नमस्कार गरिहाल्छ । कसरी जोडेको सोधखोज गर्दैन । यो कमजोर चेतनालाई कोरिन् चित्रमा । मोटाएको सुँगुरलाई पूजा गरिएको छ । सुँगुरले ढाका टोपी लगाएको छ ।

अर्को एउटा चित्रमा देखिन्छ कालो टोपीभित्रबाट हेरिरहेको लाटोकोसेरो । लाटोकोसेरो लक्ष्मीको प्रतीक हो । किनभने पैसा पाएपछि मान्छे अन्धो बन्छ । कालो टोपी प्रतीक हो शासन र शासकको । शीर्षक छ, ब्ल्याक मनी । अर्थात्, कालो धन कालो टोपीमुनि छ ।

थिममा काम गर्न रुचाउँछिन् रागिनी । नारी उनका थिम हुन् । उनीहरूको संघर्ष उनका रङ र रेखाहरूमा आउँछन् । ‘द वुमनु शीर्षकमा कामधेनु गाईको चित्र कोरेकी छन् । पुच्छर मयूरको अर्थात् उडान छ महिलासँग । शरीरमा छ चरा अर्थात् छन् रंगीन सपनाहरू । स्तनमा कमलको फूल अर्थात् आमा जस्तोसुकै भए पनि आमा हो । ‘चाहे त्यो नगरवधु होस् वा आदर्श नारीु, प्रस्ट पार्छिन्, ‘हिलोमा फुले पनि कमल त स्वच्छ नै हुन्छ नि । आमा पनि त्यस्तै हो ।ु तर मुखमा ताल्चा ठोकिएको छ र घाँटीमा झुन्डिएको छ साँचो । अर्थात् महिला हो १ तिम्रो मुक्तिको साँचो तिमीसँगै छ ।
०००
माया र खोला तल बग्दो रहेछ । उमेर पुगेकी आमा जाँदा रोइन् अवश्य तर छातीमा विस्मात बोकेर हिँडिनन् स्वीकारिन् प्रकृतिको नियमलाई । तर २० वर्षे छोरी गुमाउनु अप्राकृतिक नै लाग्दो रहेछ । ‘सपनामा छोरी आउँछे, रुन्छे । मलाई जानै मन छैन भन्छे ।’ भक्कानो रोकेर भन्दा छाम्न सकिन्थ्यो उनको छातीमा दुखेको घाउ ।

यो घाउ उनले उतार्नेछिन् चित्रमा फेरि पनि । कस्तो हुनेछ त्यसको रङ रु ‘डार्कु’ भन्छिन् उनी । आमा र सन्तानको सम्बन्ध नाभीमै जोडिएको हुन्छ । अँध्यारो रङमा त्यो सम्बन्ध उतार्नेछिन् उनले । अनि प्रदर्शन गर्नेछिन् एउटा सिरिजमा । मनको व्यथा त कहाँ कसरी प्रदर्शन गर्न मिल्छ र रु उनका चित्रमा सायद सयौं अरू आमाले पनि भेट्नेछन् आफ्नै पीडा ।
गुलावी जोवन । हात्तीजस्तो लम्काइ । जिन्दगीको अँध्यारो जंगलमा घोडाजस्तो दौडाइ । हजार रङ बोकेका रंगीन सपना । र, जीवनको यो प्रहरमा डार्क रङ पोत्नुपर्ने क्यानभास । ‘जिन्दगीको योजना बुन्न नसकिँदो रैछ । गहिरो उच्छवास भेटिन्छ उनका शब्दहरूमा । सानो चिटिक्क घरको मूलढोका ढप्काइरहँदा मनमा भने हुन्डरी मच्चिन्छ उनका आमाले बोलेका शब्दहरूको, ‘यो संसार त आखिर मृत्युभूमि न हो । मृत्यु बोकेर जन्मेका हुन्छौं हामी । सायद मृत्युकै क्यानभासमा पोतिरहेका हुन्छौं जिन्दगीका आफ्नै किसिमका रङहरू रागिनीले जस्तै हामी सबैले ।

अन्नपूर्ण पोष्ट बाट