चैत्र १५, २०८० बिहीबार

यी कस्ती आमा, जसले जन्मने बितिक्कै बच्चालाई ब्लेडले घाँटीमा काटेर मारिन्



44444२२ पुस, ललितपुर – आफन्त र समाजले थाहा पाउने डरले चाँपागाउँ निवासी एक अविवाहित युवतीले जन्म हुनासाथ आफ्नै शिशुलाई शौचालयमा लगेर ब्लेटले घाँटी काटी हत्या गरेकी छिन् ।

सिन्धुपाल्चोक जिल्लाको इर्खु गाविस घर भएकी करिव १८ वर्षकी अनिषा तामाङले समाजबाट लुकाउनका एक हप्ता अघि शिशुको हत्या गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । केही समयसमयदेखि उनी दिदी भिनाजुसंगै बस्दै आएकी थिइन ।

अनिषाको नातामा दाजुपर्ने कृष्णबहादुर तामाङलाई पनि सो घटनामा सहयोग गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । दुबै जनाले प्रहरीसमक्ष अभियोग स्वीकार गरिसकेका चाँपागाउँस्थित महानगरीय प्रहरीवृतका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिनुभयो । रासस