चैत्र १५, २०८० बिहीबार

गाउँ नगरका प्रमुख उपप्रमुख मध्ये एकजना महिला अनिवार्य गर्न अनेमसंघ क्रान्तिकारीको माग



काठमाडौं – गाउँ नगरको प्रमुख वा उपप्रमुखमध्ये एकजना महिला अनिवार्य व्यवस्था गर्न अखिल नेपाल महलिा संघ क्रान्तिकारीले माग गरेको छ । सभामुख ओनसरी घर्तिलाई ज्ञापनपत्र बुझाउँदै क्रान्तिकारीले उक्त माग गरेका हो ।

krantikari-mahila2-750
स्थानिय तहका कार्यकारी निकायमा महिला प्रतिनिधित्व र सहभागिता सुनिश्चित गर्न माग राख्दै क्रान्तिकारीले ‘स्थानिय निकाय निर्बाचन विद्येयक २०७३’ माथिको दफाबार छलफलमा समाबेश गर्नुपर्ने माग राखेको संगठनकी महासचिव रेणु दाहालले बताईन । ‘राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखमध्ये १ महिला अनिवार्य व्यवस्था त ग¥यौँ तर स्थानिय निकायका हुन सकेन’ उनले भनिन्, ‘त्यसैले सबै तह वडा, गाउँपालिका तथा नगर र महानगरपालिकाहरुमा प्रमुख र उपप्रमुखमध्य १ महिला अनिवार्य हुनुपर्ने माग राखेका छौँ ।’

krantikari-mahila-750
अहिलेसम्मका महिला आन्दोलनका उपलब्धिसहित आएको विधेयकहरुमा त्यस्ता विषय छुट्नु समावेशी लोकतन्त्रलाई नै नसुहाउने खालको भएको र बहुसंख्यक जनताको अपमान भएको क्रान्तिकारीको ठहर छ । ‘यसर्थ महिला आन्दोलनबाटै स्थापित सभामुखबाट व्यवस्थापिकामा हुने छलफल र निर्णयहरुमा सकारात्मक पहल गरी महिलाहरुको अधिकार सुरक्षित गरीदिनुहुन त्याग, सौर्य र बलिदानको पर्याय बनेको हाम्रो संगठन अनेमसंघ ९क्रान्तिकारी० हार्दिक अनुरोध गर्दछौँ’ ज्ञापनपत्रमा भनिएको छ । ज्ञापनपत्र बुझ्दै सभामुख घर्तिले आफूले सकारात्मक पहल गर्ने प्रतिकृया दिएको दाहालले बताईन् ।