चैत्र १५, २०८० बिहीबार

उत्तर बाहिनी मन्दिरमा रेखाले गरिन् ‘बिबाह’



Rekha thapa

काठमाडौं – बेहुली बन्ने रहर पाल्दै आएकी अभिनेत्री रेखा थापाको सो रहर पनि पुरा भएको छ । अर्थात उनी बेहुली बनेकी छन् ।

रेखा रियल लाइफका लागि नभएर रिल लाइर्फका लागि बेहुली बनेकी हुन् । सोमबार उत्तरबाहिनी मन्दिरमा चलचित्र ‘हिरो रिटन्र्स’ अभिनयका लागि उनी बेहुली बनेकी हुन् ।
बेहुली भेषमा राम्ररी सजिएकी उनले सोही भेषमा चलचित्रका लागि केही दृश्य छायाँकन गरिन् । सोही दृश्यमा उनलाई साथ दिने बेहुलाको भने अभिनेता दिल श्रेष्ठ बनेका थिए ।

रेखा र दिलको बिबाह दृश्यसँगै चलचित्रको क्लाइमेक्स पनि सोही मन्दिरमा खिचिएको छ । क्लाइमेक्स अझ केही दिन चल्ने निर्माण युनिटको भनाई रहेको छ ।
‘हिरो रिटन्र्स’ अभिनेता सबिन श्रेष्ठले निर्माण गरिरहेको चलचित्र हो । भीम न्यौपाने, अमित श्रेष्ठ, सहदेव गौतम निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता चन्द्र गौतम हुन् ।
छायाँकनको अन्तिम चरणमा रहेको चलचित्रमा रेखा र दिलको अलवा सरोज खनाल, सविन श्रेष्ठ समेत मुख्य भुमिका रहेका छन् ।