बैशाख ८, २०८१ शनिबार

बलिउडकी जुही चावला नेपाली फिल्ममा



juhi chawala

नेपाली फिल्म ‘मेरो पैसा खोइ?’मा बलिउडका कलाकारहरु जुही चावला र राजपाल यादवको समेत अभिनय देख्न पाइने भएको छ। रोज राणाको निर्माण गर्ने सो फिल्मको निर्देशक विवेक शर्मा पनि भारतीय नै हुन्। उनको निर्देशनको हिन्दी फिल्म ‘भूतनाथ’ले चर्चित छ।

‘मेरो पैसा खोइ?’ को छायाङ्कन मङ्लबारदेखि राजधानीमा सुरु भएको हो। जुही र राजपाल अतिथिको भूमिकामा देखिने यस फिल्ममा सौगात मल्ल, वर्षा राउत, छुल्ठिम गुरुङ, कमलमणि नेपाल, बुद्धि तामाङ, रबिन तामाङलगायतका कलाकारको मुख्य भूमिका रहनेछ। यसमा सङ्गीत वसन्त सापकोटाले दिएका छन्।