बैशाख १२, २०८१ बुधबार

पैँचोमा छ पैसा, गृहिणी मख्ख



IMG_8620

गुल्मी – आफूले करेसाबारीमा लगाएको तरकारी टिपेर बजार पुगेपछि गुल्मी बम्घाकी मुना पुरी घर खर्च लिएर फर्कन्छिन् । पहिला पहिला दिनहुँ काम गरेर ल्याएको पैसाले पनि घरखर्च चलाउन नपुग्ने २२ वर्षिया पुरीलाई अहिले करेसामा आफूले खाएर बचेको तरकारीले नै खर्च धान्छ । कारण हो पैँचो पसलमा तरकारीसंग अन्य सामान साट्न पाउनु । ‘मैले टन्न जमिनमा तरकारी लाएकी पनि हैन तर यही घर यता उता अलिअलि मात्र तरकारीले पनि सामान साटेर घरखर्ची चलेको छ’ उनी भन्छिन् ‘पहिला खेर जाने तरकारी पैँचो पसलमा साट्न पाएपछि अहिले सुविस्ता भएको छ ।’
जब उनको गाउँ नजिकै छिमेकी बलेटक्सारमा डेढ बर्ष पहिले पैँचो पसल खुल्यो, त्यसपछि पुरी जस्तै धेरै गृहणी र किसानको समस्या ट¥र्यो । घरखर्च चलाउन कै लागि पैसा कमाउन जान नसक्ने आफु जस्ता धेरै गृहणी र किसनालाई पैँचोले खुसी दिएको उनी बताउँछिन् । ‘पहिला थोरै तरकारी कसले किनिदिन्थ्यो र रु तर अहिले घर चलाउन पैसा कमाउन कहाँ जाने भन्ने समस्या त भएन नि अव’, उनी भन्छिन् ।
जवानीमा घरायसी काम गर्दा गर्दै थाकेका बुढाबुढी देखी भर्खरका युवायुवती समेत पैँचोमा लोभिएका छन् । आफुले घरमा उत्पादन गर्ने सामान दिने र घरव्यवहार चलाउन आवश्यक पर्ने सामान लिन पाईने भएपछि बुढेसकालमा पनि बम्घा ९ कि ६३ बर्षिय नुनकला पुरीको जाँगर उस्तै छ ।
घरमा लगाएका आलु, गोभी, मुला, साग पैँचोमा लगेर छाड्ने र घरको लागि चाहिएका चिनी, चियापत्ती, मसला, तेल, नुन लगायतका सामग्री लिएर फर्किन पाउँदा काम गर्ने जाँगर चलेको उनको भनाई छ । ‘घरमा बुढाबुढी मात्रै छौँ, छोराहरु पैसा कमाउन विदेशमा छन्, बाकेर बेच्न लान सक्ने थिएनौँ, अहिले घरमै गाडी आउँछ,’ उनी भन्छिन ‘पहिला पहिला माग्नेलाई दिएर बाड्ने, कुहेर फाल्ने तरकारी लगेर अहिले पैसा दिनुहुन्छ, खुसी लाग्छ ।’
किसानले उत्पादन गरेको कृषिजन्य सामान खरिद गर्दा विचौलियाले ठग्ने गरेकाले किसानलाई सिधै बजार भाउ अनुसार मुल्य दिने र कृषि उत्पादनको बजारीकरण गर्दै राष्ट्रिय अर्थतन्त्र जीडीपीलाई माथि उकास्न सहयोग गर्ने उदेश्यले देशभरका २९ जना युवा मिलेर सञ्चालन गरेको पैँचोले गृहणीलाई जाँगर दिएको छ ।
काम गर्ने यूवा र श्रीमानहरु विदेशीएको बेला घर धानेर बसेका महिलाहरुले आफै कमाउन थालेपछि उनीहरु खुसी छन् । गतबर्ष पैँचो खुलेपछि आफूले खानका लागि मात्र लगाएको तरकारीबाट बचेको विक्री गरेर १५ हजार रुपैयाँ आम्दानी गरेको नुनकलाले बताईन् । ‘त्यो सेमी उहाँहरुले नलग्या बाँडेर सकिन्थ्यो’ उनले भनिन् ।
बुटवल, पाल्पा र गुल्मीमा कारोवार गर्दै आएको पैंचो पसल प्रालिले किसानहरुलाई चाहिने बीऊविजन देखि, जैविक मल, दैनिक घरायसी वस्तुहरुमो सहयोग गर्दै आएको छ । किसानको तरकारी आफूले लिने र त्यो मूल्य बराबसको अन्य सामान उनीहरुलाई पैँचो दिने पसलको नियम छ । किसानले चाहेमा नगद पनि लिन पाउँछन् ।
पैँचो पसलले गुल्मी र पाल्पाका कृषकहरुबाट उत्पादित तथा संकलित कृषिजन्य वस्तुहरू ९फलफूल, तरकारी, दलहन, नगदेवाली तथा जडिबुटी० खरिद गरी उपभोक्तालाई सुलभ मूल्यमा बिक्री गर्ने गरेको पैँचो पसल प्रा।लीका प्रवन्ध निर्देशक धुव्र न्यौपानेले बताए । गुल्मीकै हर्दिनेटा गाविसमा तीनवटा, ग्वादी, थानापति, हुंगा झेद्री, हुंगा गुन्टुङ, दिगाम अंगाहा, लुम्छा, रेसुङ्गा नगरपालिका देउराली, डांडापोखरी दिगाममा गरी ११ वटा पसलहरू पैंचो पसल संग सहकार्य गरी स्थानीय किसान र व्यवसायीहरूले सञ्चालन गरिरहेको न्यौपानेले बताए । पसलले कृषक तथा उपभोक्ताहरुलाई आवश्यक पर्ने दैनिक उपभोग्य सामग्री ९खाद्यान्न, लत्ताकपडा०, कृषि सामाग्री, इलेक्ट्रोनिक्स सामाग्री लगायतका वस्तुहरू सुपथ मूल्यमा उपलब्ध गराई सो वापतमा पैंचोको रुपमा वा वस्तु विनिमय गर्ने गरी काम गरीरहेको छ । पैँचो पसलले गतवर्ष गुल्मी जिल्लाबाट ३ करोड ५० लाख बराबरको कृषीजन्य बस्तु निकासी गरेको प्रबन्धक न्यौपानेले जानकारी दिए । जिल्ला कृषी विकास कार्यालय गुल्मीको पछिल्ल्लो तथ्याङ्ग अनुासार गुल्मी जिल्लावाट सबैभन्दा बढी तरकारी,फलफुल जस्ता सामान निकासी गर्ने कम्पनीको रुपमा पैँचो पसल रहेको छ ।
गाउँका किसानबाट तरकारी संकलन गर्ने पैंचो पसलले अचार, होल क्यान कर्न, आटो, कोदाको पिठो, टोमाटो केचअप, जाम, जुस, सिन्की मस्यौरा लगायतका वस्तुहरु पैंचोको ब्राण्डमा उत्पादन गरिरहेको छ । जुम्लाको सिमि, पहाडी मकैको आटो लगायतका वस्तुहरु पनि प्याकेजीङ गरि बजारमा ल्याएको छ ।
२० करोड रुपैयाँ लगानी पुगेको पैंचो पसलले प्रत्यक्ष अप्रतक्ष्य रुपमा हजारौ किसानलाई रोजगारी दिएको छ । विकट पहाड तथा उच्च हिमाली जिल्ला गुल्मी, पाल्पा, अर्घाखाँची, रुकुम, रोल्पा, जुम्ला, कालिकोट लगायतका जिल्लामा ५० वटा संकलन केन्द्र मार्फत किसानका उत्पादनलाई बजारसम्म ल्याइरहेको छ ।
किसान र विशेष गरेर गाउँमा गृहिणीलाई सेवा दिएवापत पैँचो पसलले स्थापनाको एकाध वर्षमै राष्ट्रपतिबाट राष्ट्रिय यूवा प्रतिभा पुरस्कार २०७७३ पाएको थियो ।