चैत्र ३०, २०८० शुक्रबार

जिम्मेवारी दोब्बर तर ज्याला न्यूनतम किन ?



Majdoor
दोलखा – ज्याला मजदुरी गर्ने श्रीमान लडेर घाईते भएपछि अपाङ्ग श्रीमान र ४ छोराछोरी पाल्ने जिम्मा आलम्पु गाविसकी देवी थामी आफैमाथी आईप¥यो । अरु महिलाले जस्तै सामान्य काम गर्दा कम ज्याला होला भनेर उनले मेहनेतका साथ घर ढलानको काम पनि सिकिन् । अहिले उनी संगै काम गर्ने पुरषहरुजस्तै उनीपनि घर ढलान, टाईपिङ र डण्डी बाँध्ने काम गर्छिन् । तर उनीसंगै काम गर्ने पुरुष ७ सय रुपैयाँभन्दा बढी ज्याला थाप्दा उनी भने जम्मा पाँच सय मात्र पाउँछिन् ।
मरीमेटेर काम गर्ने क्रममा पुरुषसरह काम गर्दापनि काममा महिला र पुरुष भनेर विभेद हुँदा उनलाई दुःख लाग्छ । ‘ढलान गर्दा तार बाँध्ने, टाईपिङ गर्ने र रड मिलाउने काममा विशेष मेहनत गर्नुपर्छ । चाहे त्यो महिलाले गरुन वा पुरुषले । तर महिलाले गर्दा कम ज्याला अनि पुरुषले गर्दा त्यही कामको बढी पाउने कस्तो विडम्बना’, उनी दुखेसो गर्छिन् ।

दोलखा झुलेकी बालकुमारी काफ्ले पनि मजदुरी नै गर्छिन् । तर काम लगाउने मालिकहरुले न सम्मानजनक व्यवहार गर्छन्, न पुरुष सरह ज्याला दिन्छन् । हरेक बर्ष महिला दिवस मनाइरहदा उनीहरुलाई कुनै फरक परेको छैन । न त्यस्ता कार्यक्रममा भाग लिन पाउछन्, न त दिवसले उठाएका मुद्धाले नै उनीहरुलाई फरक परेको छ । भन्छिन्– ‘दिवसले हामी जस्ता पीडित महिला मजदुरको गुनासो सुनवाई हुनुप¥यो, उस्तै काम अनि ज्याला चाहि महिलालाई कम पाउने रु’ उनको प्रश्न छ । ज्यालामा काम गर्दा पुरुष सहकर्मीबाट हेला भएपछि ठेक्का पट्टाको काम शुरु गरेको बालकुमारीको सुनाइन् ।

जिल्लामा भवन निर्माणको काम गर्दै आएका निर्माण व्यवसायी उपेन्द्र सहनी भने महिलाहरुमा सीप नभएका कारण समान ज्याला नपाएको बताउँछन् । उनले महिला कामदारलाई ६ सय र पुरुष कामदारलाई ७ सय रुपैया दैनिक ज्याला दिने गरेका छन् । सहनी भन्छन्, ‘सीप भएका महिला भए ज्याला बराबरी दिएर नै काम लगाउँछु ।’ गैरीमुदी गाविसकी लक्ष्मी नेपाली भने सीप नभएकै कारण सस्तो ज्यालामा काम गर्न बाध्यता भएको स्वीकार्छिन् । घर बनाउने काममा महिलालाई ५ सय र पुरुषलाई १ हजार रुपैयाँसम्म ज्याला दिने गरिन्छ । बालकुमारी भने महिलाहरुसँग सीप भए पनि विश्वास नै नगर्ने अनुभव सुनाउँछिन् ।

जिल्लामा रहेको ज्याला निर्धारण समितिले ज्यालामा महिला र पुरुष भनेर विभेद नगरेको बताउँदै आएको छ । समितिले दक्ष र अदक्ष जनशक्तिको आधारमा ज्याला निर्धारण गरेको तर महिला र पुरुष कामदार भनेर विभेद नगरेको जिल्ला विकास समिति दोलखाका इन्जिनियर नारायण शिवाकोटी बताउँछन् । सरकारी मापदण्ड अनुसार पुरुष या महिला जो भएपनि दक्ष जनशक्तिलाई दैनिक ७ सय ३५ र अदक्ष जनशक्तिलाई दैनिक ५ सय २५ रुपैयाँ ज्याला दर निर्धारण गरिएको शिवाकोटीले जानकारी दिए ।