चैत्र १६, २०८० शुक्रबार

‘किस’ गर्नु स्वास्थ्यका लागि धेरै फाइदा



kiss_helth

किस खाली आफ्नो प्रेम दर्शाउनका लागि गरिन्छ । किसले आपसी प्रेमलाई गाढा बनाउँछ । एक अनुसन्धानले देखाएको छकी किसले प्रेमलाई मात्रै बलियो बनाउँदैन स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ ।

अमेरिकामा गरिएको एक अनुसन्धानका अनुसार किस गर्दा दाँत तन्दुरुस्त हुन्छ । तनाव र उच्च रक्तचाप घटाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँन पनि मद्दत गर्दछ । शोधकर्ताका अनुसार किस गर्दा र्यालको प्रवाह बढ्छ र एक किसिमको हार्मोनको उत्सर्जन हुन्छ । उक्त हर्मोनमा दाँत तथा गिजालाई तन्दुरुस्त राख्ने शक्ति हुन्छ ।

उक्त हर्मोनले तनाव तथा रक्तचापलाई समेत घटाउँन मद्दत गर्छ । अमेरिकी शोधकर्ताका अनुसार किसले मोटापनको सम्स्या निदानका लागि पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यसबाहेक किस गर्दा युवापन समेत लामो समयसम्म कायम रहने शोधकर्ताको दावी छ ।