निरुता सिंहले परीक्षा दिँदादिँदै छोरा जन्माइन्

नारी खबर / चैत्र ९, २०७३ - बुधबार


Parikshya

जाजरकोट –  दीपेन्द्र मावि सक्लाबाट बुधबार माध्यमिक शिक्षा परीक्षा दिइरहेकी एक छात्राले छोराको जन्म दिएकी छिन् ।

सदरमुकामबाट दुईदिन पैदल दुरीको बारेकोट गाउँपालिकास्थित लिम्साको परीक्षा केन्द्रमा परीक्षा दिइरहेकी अन्दाजी १६ बर्षीया निरुता सिंहले छोराको जन्म दिएको वीरेन्द्र ऐश्वर्य उच्च मावि लिम्साका प्राचार्य गोरखबहादुर सिंहले जानकारी दिए ।

बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था राम्रो भएको लिम्सा स्वास्थ्य कार्यालयले बताएको छ ।


प्रतिक्रिया दिनुहोस


सब्य र भब्य तरिका ले आफ्नो धारणा राख्नुहोस।

error: Content is protected !!