बैशाख ३, २०८१ सोमबार

आफ्नै प्रेमीबाट मारीईन प्रेमीको लागि ब्यापारी अपहरण गरीदिने यूवति



Hatya

काठमाडौं – व्यापारी अपहरण प्रकरणमा पोल खुल्ने डरले अपहरणकारीले आफ्नै प्रेमिकाको गरेको पाइएको छ ।  हत्या अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ भने अपहरण र हत्याका मुख्य अभियुक्त अझै फरार छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाले विहिबार पत्रकार सम्मेलन गरी व्यापारी श्यामसुन्दर अग्रवालको अपहरणमा संलग्न राधिका श्रेष्ठको हत्या उनकै प्रेमी तथा अपहरणका योजनाकार प्रकाश लामिछाने गरेको बताएको छ ।

गत फागुन ५ मा न्युरोडबाट अपहरणमा परेका अग्रवाल आठ लाख फिरौती बुझाएर अपहरणमुक्त भएका थिए । उनी अपहरणमुक्त भएकै दिन श्रेष्ठको हत्या भएको थियो । अग्रवालकै पसलमा काम गर्ने राधिकालाई प्रयोग गरेर मुख्य अभियुक्त प्रकाशले उनलाई अपहरण गरेका थिए ।

यस्तो छ पूरा घटना विवरणः

– विगत २ वर्ष देखि एकआपसमा प्रेम गर्दै आएकोमा आर्थिक अवस्था सुधार गर्नको लागि प्रकाश लामिछानेले प्रेमिका राधिका श्रेष्ठलाई प्रयोग गरी अपहरणको योजना बनाएको ।

– मिति २०७३।११।०४ गते १३:०० बजे व्यापारी श्याम सुन्दर अग्रवाललाई अपहरण गर्ने योजना अनुसार राधिका श्रेष्ठ, प्रकाश लामिछाने र किशोर गिरीले का.जि.गणवहाल स्थित भारत होटल होलिल्याण्डको ५०१ नम्बर कोठा लिई बसेको ।

– मिति २०७३।११।०५ गते ११:०० बजे भारत होटल होलिल्याण्ड छोडी पुन: राधिकाले सन साईन होटल, सुन्धारामा २ ओटा कोठा ४०३ र ४०४ भाडामा लिई अपहरण गर्नको लागि राधिका श्रेष्ठ, प्रकाश लामिछाने, सरोज घोरासैने र किशोर गिरी तयारी अवस्थामा बसेको ।

– ऐ.ऐ. १३:०० बजे राधिका श्रेष्ठले श्याम सुन्दर अग्रवाललाई अर्जेन्ट काम छ भनि का.जि.सुन्धारामा भेट गर्न बोलाई सन साईन होटलको ४०४ नं.कोठामा लगेको ।

– ऐ.ऐ. १४:०० बजे सोही कोठामा श्याम सुन्दर र राधिका बसी रक्सी सेवन गरेको केही समय पश्चात: कोठा नं.४०३ अपहरण गर्न बसेका प्रकाश लामिछाने, सरोज घोरासैने र किशोर गिरी आएर श्याम सुन्दरलाई कुटपिट गरी हाटखुट्टा वाधी मुखमा कार्टुन टेप लगाई अपहरण गरी रू. १० लाख ७० हजार फिरौती रकम लिई सोही कोठामा बन्धक बनाई फरार रहेको ।

– अपहरणमा संलग्न व्यक्तिहरुले का.जि.बसन्तपुरमा फिरौती रकम बाँडफाँड गरी जसमध्ये सरोज घोरासैनेले रु.२ लाख, किशोर गिरीले रु.२ लाख, बाँकी रकम प्रकाश र राधिकाले राखेका ।

– बेलुका १८:०० बजे फिरौती रकम बाँडफाँड पश्चातःप्रकाश र राधिका ट्याक्सी लिएर जि.भक्तपुर,बाँगेश्वरी प्रकाशको घरमा गएको र किशोर र सरोज अर्को ट्याक्सी लिई प्रकाश कै घरमा पुगेको ।

– किशोर गिरीको भनाई अनुसार प्रकाशले ब्यापारीको अपहरण पश्चातः आफूहरुको पोल खोल्ने डरले प्रेमिका राधिका श्रेष्ठको हत्या गर्ने योजना बनाएको । सोही योजना अनुरुप अपहरणमा प्रयोग गर्न का.जि.जैशीदेवल स्थित कनैहालाल शाहले संचालन गरेको जय गुरु स्टोरबाट खरिद गरिएको डोरी र कार्टुन टेपको सहायताले मुखमा टेप लगाई खुट्टामा डोरी बाधी, घाँटी थिची राधिका श्रेष्ठलाई कर्तव्य गरी मारेको ।

– जि.भक्तपुर, बागेश्वरी स्थित प्रकाश लामिछानेको घरमा राधिका श्रेष्ठलाई कर्तव्य गरे पश्चातः मृतक शरीरलाई प्लाष्टिकको बोरामा प्याक गरी मोटरसाईकलमा राखी घरबाट अं.२ सय मिटर तल मुहानपोखरी भन्ने स्थानमा खाल्टोमा पुरी फरार भएको ।