चैत्र १५, २०८० बिहीबार

महानगरकी ‘भोजकुमारी आमा’को राजनितिक यात्रा, वडाअध्यक्षमा भिड्दै



जागर उस्तै,सक्रियता उही र उमेरले बुढयौली लागेपनि मुहारमा जोस भरिएकी ७८ बर्षिय भोजकुमारी श्रेष्ठ ललितपुर महानगरपालीकामा वडा अध्यक्ष पदको लागि चुनाबी मैदानमा छिन् ।

2

वि.सं. १९९६ सालमा पाँचथर जिल्लाको यासोकमा जन्मिएकी श्रेष्ठ विगत १८ वर्षदेखि समाज सेवामा सक्रिय छिन् । ललितपुर जिल्लाको रानीबु वडा नं. १४ निवासी उनी यो भन्दा अगाडी विभिन्न संघ सस्थामा आवद्ध भइ समाजिक काममा सक्रिय थिइन् ।

सानैदेखि राजनितिमा सक्रिय हुने धेरै रुचि भएपनि पारीवारिक समस्याले समय दिन नसकेको उनी बताउँछिन् । नेकपा मालेको तर्फवाट ललितपुर महानगरपालिकाको रानीबु वडामा अध्यक्षका लागि उम्मेद्धावारी दिएकी श्रेष्ठले चुनाबकी गतिविधीलाई अगाडी बढाएकी छिन् ।
धेरै बर्षदेखी निश्वार्थ रुपमा समाज सेवामा समय खर्चेकी उनी आफ्नो वडाको नेतृत्व गरेरै झन सेवाले बढाउने सोचका साथ अघि बढेको बताइन् । उनले महानगर भित्रको आफ्नो वडामा विधमान विभिन्न प्रकारका समस्याहरु जस्तै जेष्ठ नागरीक अझ त्यसमा पनि जेष्ठ एकल महिला, पिछडिएका र पछाडि पारिएका महिलाहरुको हक अधिकारका लागि र हरेक सुबिधाहरु उपलब्ध गराउन पहल गर्ने बताएकी छन् । उनले वडामा रहेका बालबालिकारुका लागि खेल्ने सुरक्षित पार्क बनाउने, बाटोघाटो, स्वच्छ खानेपानिको ब्यवस्था, महिलाको सुरक्षा, आर्थिक रुपमा कमजोर वर्गको लागि आयआर्जन गर्नका लागि साना तथा घरेलु उधोगको स्थापनाका लागि पनि पहल गर्ने योजना रहेको सुनाइन् । साथै आफ्नो वडामा सुलभ टेलिफोन सेवा, इन्टरनेट सेवा उपलब्ध गराई हरेक नागरिकको जिवन्मा आमूल परिवर्तन गर्ने योजना अघि सारेकी छन् ।