चैत्र १६, २०८० शुक्रबार

काठमाडौँ महानगर हाँक्ने आँट



Ranju Nirupama

काठमाडौं – नेपालमा नेतृत्व तहमा महिलाहरु पछाडी नै छन् यद्यपी अहिले राष्ट्रप्रमुख देखि सरकारका प्रमुख तीन कार्यकारी अंगमध्ये व्यवस्थापिका र न्यायपालिका महिलालले हाँकिरहेको एउटा संयोग छ ।
राष्ट्रपति विद्यादेवि भण्डारी, सभामुख ओनसरी घर्ति र प्रधानन्यायधिश सुशिला कार्कीको आफ्नो आँट साहस र आफ्नै क्षेत्रमा गरेको मेहनेतले जुरेको यो संयोगबाहेक महिलालाई पछाडी पारीएकै छ ।
कतिपय महिला आफै अगाडी सरेपनि राजनीति, गुट र विभेदका कारण पछाडी पारीएको अवस्थामा आँट र साहसका साथ राजधानी हाँक्न हिम्मत गर्ने २ महिलाको अहिले चर्चा छ ।  रञ्जु दर्शना र निरुपमा यादव जसले देशको केन्द्रिय राजधानी नगर हाँक्नका लागि चुनावी मैदानमा उत्रिएका छन् ।
रञ्जु दर्शना
२१ बर्षीया रन्जुलाई विवेकशील नेपाली दलले काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवारको रुपमा चयन गरेको छ। विवेकशील पार्टीले काठमाडौँलाई संसारकै सुन्दर सहर बनाउने सपनालाई आत्मसात् गर्न तथा त्यस अभियानको नेतृत्व गर्न उर्जाशील युवा पुस्ता नै सबैभन्दा उपयुक्त हुने भएकोले उहाँलाई उम्मेदवार चयन गरेको बताएको छ।
विवेकशील नेपाली दलले आह्वान गरेको खुला उम्मेदवार नीति अन्तर्गत काठमाडौँको मेयर पदको लागि उम्मेदवार बन्न रन्जुले अग्रसरता देखाएकी थिईन ।
व्यवस्थित र समावेशी विकासको लागि आफ्नो ज्ञानको दायरा बढाउन विकास अध्ययन विषयमा स्नातक तहमा अध्ययनरत रन्जुले दलले तयार गरेको काठमाडौँलाई जनताको लागि काम गर्ने संसारकै सुन्दर सहर बनाउने परिकल्पना सक्रिय छन् । रञ्जुले आफू मेयर भए गर्ने कामको सूची समेत सार्वजनिक गरेकी छन् । उनका योजनामा काठमाडौँलाई झन्झटमुक्त, सुविधायुक्त बनाउने, धुवाँधुलोमुक्त हराभरा बनाउने, गरिखान पाउने उद्यमशील बनाउने, झिलिमिली बनाउने, विविधता झल्कने सम्पदा सहर बनाउनेलगायत छन्।
सँगै काठमाडौँलाई पैदलयात्रुमैत्री, साइकल(अपाङ्गमैत्री, पर्याप्त सार्वजनिक पार्क भएको तथा साझा, सफा, सहज सार्वजनिक सवारीसाधनलाई प्राथमिकता दिने रञ्जुले बताएकी बताईन् ।

काठमाडौंमा २०५२ सालमा जन्मेकी रञ्जु तीन वर्षअघि विवेकशील पार्टीमा प्रवेश गरेकी हुन । दोस्रो संविधानसभाको निर्वाचनको दौरानमा विवेकशील नेपाली दलको बन्द विरोधी अभियानमा सहभागी हुँदै उनी राजनीतिमा लागिन ।
हाल विवेकशील नेपाली दलकी मिडिया विभाग प्रमुख तथा केन्द्रीय सदस्य रन्जु दर्शना उक्त कार्यक्रममा सहभागी भएपछि विवेकशील नेपालीको समाज सेवा क्लबमा आवद्ध भई विभिन्न सामाजिक कार्यक्रमको नेतृत्व गर्दै आएकी छन् ।

निरुपमा यादव
यादव साझा पार्टीबाट काठमाडौ महानगरको उपमेयरमा उठेकी छन् । राजधानीबासीको मतले मधेस र पहाडको मन जोड्ने पुल बन्न खोजेकी छन् निरुपमा ।
काठमाडौं महानगरपालिकाका उम्मेदवारहरुले विकास निर्माण, सरसफाइ, रेल, मोनो रेल र पुल पुलेसाका सपना त बाँडिरहेकै छन् । तर, निरुपमाले भने वागमतीका दुई किनारा जोड्ने पुलभन्दा पनि मुलुकका दुई भूगोल र सभ्यता जोड्ने भावनात्मक पुल बन्ने सपना बोकेकी छन् ।

काठमाडौंले मधेसलाई कहिल्यै बुझेन भन्ने गुनासो चुलिएका बेला मधेसी महिला समुदायकी निरुपमा यादवको उम्मेदवारी काठमाडौंका लागि चुनौति, अवसर र परीक्षण तीनै थोक हो भन्ने तर्क जबर्जस्त उठेको छ ।

३९ वर्षीया निरुपमा यादव सप्तरीमा जन्मिइन् । एसएलसी पास गर्नेबित्तिकै १७ वर्षको उम्मेदवारमा मोरङका सदानन्द यादवसँग उनको बिहे भयो । त्यसपछि काठमाडौंमा बसेर उनले नेपाल ल क्याम्पसमा पढिन् । पति सदानन्द त्रिचन्द्र क्याम्पसका सहप्राध्यापक छन् भने उनी कानुन व्यवसायी छिन् ।

एकपटक सर्वोच्च बारमा सदस्य भएबाहेक निरुपमासँग चुनावी अनुभव छैन । १५ वर्षदेखि वकालती पेशामा रहेकी उनले शान्ति सम्झौता उच्चस्तरीय अनुगमन समितिको सदस्य भएर काम गरेकी छिन् । अहिले पनि उनी मेलमिलाप परिषदको सदस्य छिन् ।

रविन्द्र मिश्रसँगको पटक(पटकको संवादपछि उनी साझा पार्टीमार्फत राजनीतिमा प्रवेश गर्न तयार भएकी हुन् । रञ्जु दर्शनालाई उपमेयर बनाउने प्रस्ताव विवेकशील पार्टीले स्वीकार नगरेपछि साझा पार्टीले निरुपमालाई अघि सारेको हो । तर, पछिल्लो समयमा आएर आइतबार विवेकशील पार्टीले उपमेयरमा निरुपमालाई समर्थन जनाउने घोषणा गरेको छ ।
निर्वाचन आयोगमा दल दर्ता नभएका कारण मेयर र उपमेयरका अलग अलग चुनाव चिन्ह परेको छ । निरुपमाले चुनाव चिन्ह सेलरोटी पाएकी छन् ।
काठमाडौं महानगरको अहिलेको दुर्गति अन्त्य गर्न आफू राजनीतिमा लागेका बताउने निरुपमाले कांग्रेस र एमालेका मतदातालाई पनि एकपटक सोच्न आग्रह गरेकी छन् ।
‘दशपटक मधेसमा गएर हामी मधेसमैत्री हौं भन्नुको साटो एकपटक काठमाडौंमा मधेसी महिलालाई मत दिएर प्रायश्चित गर्ने मौका छ’ उनले भनिन् ।