बैशाख १३, २०८१ बिहीबार

रसुवामा दलित महिलाका ६ पद खाली, दलले उम्मेदवार नै उठाएनन



rasuwa

रसुवा – स्थानीय तहको निर्वाचनअन्तर्गत रसुवाको तीनवटा गाउँपालिकाका ६ वटा वडामा दलित महिला सदस्य पद रीक्त रहेको छ । ति पदहरुमा दलित महिला सदस्यको कोटामा मनोनयनपत्र नै दर्ता नहुँदा छवटा सदस्य पद रिक्त हुन पुगेको हो । गोसाइँकुण्ड गाउँपालिकाको वडा नं १, २, ३ , ४, कालिका गापाको वडा नं १ र नौकुण्ड गापाको वडा नं २ मा दलित महिला सदस्य पदमा कुनै पनि उम्मेदवारी नपरेका कारण पद रिक्त रहेको हो ।
पार्टीहरुबाट दलित महिला सदस्यमा उम्मेदवार नै नउठेकोले पद रीक्त रहेको बताइएको छ ।
सात गाउँपालिका रहको रसुवाका पाँचवटा गाउँपालिकाका २७ वडाबाट१४५ पदाधिकारी चयन हुनुपर्नेमा यसपटकको निर्वाचनले १३९ पदाधिकारीमात्र चयन गरेको जिल्ला निर्वाचन अधिकारी नवीन खालिङले बताए ।
नेपाली काँग्रेसले गाउँपालिका अध्यक्ष दुई, वडाध्यक्ष छ र २१वडा सदस्य जितेको रसुवामा नेकपा एमालेले दुई गाउँपालिका अध्यक्ष पाँच उपाध्यक्ष, १२ वडाध्यक्ष र ४८ वडा सदस्य जितेको छ ।
यसैगरी माओवादी केन्द्रले तीन वडाध्यक्ष र १२ वडा सदस्य एवम् नयाँ शक्ति नेपालले एक गापा अध्यक्ष, छ वडा अध्यक्ष र २१ वडा सदस्यमा विजय प्राप्त गरेको निर्वाचन अधिकारी खालिङले बताए ।