बैशाख ११, २०८१ मंगलबार

घाँटुमा घुम्दैँ मालारानीका ब्युटीहरु (भिडियोमा हेर्नुस कसरी नाचिन्छ)



आदिवासी जनजातीहरुको मौलिक लोक सस्कृतिका रुपमा रहेको घाँटुनाचको संरक्षणमा गुल्मीको वामी मालारानीका मगर चेलीहरु लागीरहेका छन् । पौराणीक कालदेखी नेपालको बाईसे चौविसे राज्यकालसम्म प्रत्येक वर्षको बैशाखे पूर्णिमा (बुद्ध जयन्ती) अवसरमा देखाइने यो घाँटुनाच लोप हुँदै गएपछि त्यसको संरक्षणका लागि नेपाल मगरसँग गुल्मी समेत सक्रिय रहेको छ । गुल्मी जिल्लाका अन्य गाविसका गुरुङ्ग मगरहरुलाई समेत अनौठो लाग्न थालिरहेको घाँटुनाच यतिबेला गुल्मी जिल्लाको मुसिकोट नगरपालिका मालारानीका वयोवृद्ध मगरवन्दुहरुको सक्रियतामा संरक्षण भइरहेको छ । मालारानीका घाँटुनाचका गुरुबा खड्क बहादुर घर्ती मगरको नेतृत्वमा मालारानीमा मगर बहिनीहरु घाँटु नाचिरहेका हुन्छन् ।
कुनै धार्मिक चलचित्रमा देखिने स्वर्गका देवि देवताहरुको नृत्य जस्तै देखिने घाँटु नाँच विधि विधान अनुसार गुरुबाहरुले सत्य युगका मगराती राजा परशुराम, रानी हिमानी र कुविरदानको जिवनकथामा आधारित पनि हुने गर्छन ।
सतीघाँटु, जस्मा नृत्याङ्ग (घाँटुहरु) आँखा आछ्याएर नृत्य गर्दछन् । गुरुबाहरुको गीत कथा सँगै ती नृत्याङ्गहरुको अंगमा देवत्व उत्पन्न हुने ,उनीहरु देवदेवताहरु जस्तै मौन मौन आँखा ओछ्याएर नाची रहदा दर्शकहरु निकै भावुक मुद्रामा थिए । घाँटुनाचको दोस्रो चरणमा माराच्चे घाँटुनाच नचाइएको थियो । जतिवेला देवत्व ग्रहण गरेर नाचिरहेका नृत्याङ्गहरुलाई देवत्वबाट मुक्त गरि मानविय जिवनमा फर्काउने गीत कथाहरु गुरुबाहरुले गाउन थाले लगातै उनीहरु आँखा खोलेर फन्की फन्की नाच्न शुरु गरेका थिए । गुरुबाका अनुसार पहिलो चरणमा देवत्व ग्रहण गरिरहेका नृत्याङ्गहरु यदि विधि विधान अनुसारको कथामा आधारित गीत बाचन गरिएन भने उनीहरुको मस्तिष्क फर्किन नसकी मानसिक सन्तुलन विग्रन समेत सक्ने वामी ८ मालारानीका ७७ बर्षिय घाटु नाचका गुरुबा खडगबहादुर घर्ति मगरले बताए । उनले भने“यो आदिवासी जनजातीहरुको मनोरञ्जनात्मक नृत्य तथा गीत नभएर पूर्ण अध्यात्मिक कार्य हो ।” नेपालमा हिन्दु धर्मको उदय सँगै बुद्ध धर्ममा आधारित घाँटुनाच लोप हुँदै गएको छ ।हेर्नुस कसरी नाचिन्छ :