बैशाख १३, २०८१ बिहीबार

बोनम्यारो क्यान्सर पीडित श्रीमान बचाउन नानीदेविको गुहार (भिडीयो रीपोर्ट)



Nanidevi Durga
कठमाडौं – आफ्ना नागरीकलाई निःशुल्क उपचारको व्यवस्था गरेर ज्यान बाचाईदिनुपर्ने दायीत्व राज्यको हो । नेपालमा पछिल्लो पटक विभिन्न रोगको निःशुल्क उपचारको घोषणा गर्ने र प्रचार गर्ने क्रम तिब्र रुपमा चल्यो तर सिन्धुलीकी एक महिला आफ्नो श्रीमानको ज्यान बचाउन सार्वजनिक रुपमा गुहार माग्दैछिन् ।
कमलामाई नगरपालिका २ कि नानीदेवि श्रेष्ठ आफ्ना श्रीमान दुर्गाबहादुर श्रेष्ठको उपचारका लागि गुहार माग्नुपर्ने अवस्था आएको हो । गतवर्षदेखि सामान्य पेट दुखेर अस्पत्ताल भर्ना भएका दुर्गाबहादुर यतिबेला बोनम्यारो क्यान्सरसंग जुध्दै जीवन मरणको दोसाँधमा छन् । अस्पत्ताल पुगेपछि बिरामीले सकेसम्म कम खर्चमा बिमार निको भएर घर फर्कन चाहन्छ । तर उनलाई मोडल अस्पत्तालले लामो समयसम्म राखेर पनि रोग पत्ता लगाउन नसकेपछि उनको भएभरको पैसा सकियो, त्यहाँबाट बिर, बिरबाट सिभिल पुगेपछि बल्लतल्ल रोग त पत्ता लाग्यो तर उपचार गर्न पैसा सकियो । ‘मोडलमा रोग पत्ता नलागेपछि बिरमा डा.धु्रव गैरेले बाबु म तिम्रो उपचार गर्न सक्दिन, कि सिभीलले सक्छ, कि ईण्डीया जाउ भनेर डिस्चार्ज गरीदिनुभयो’ उनले भने ‘सिभिलमा रोग त पत्ता लाग्यो तर थाहा पाएपछि तीन दिन दिमागले काम गरेन ।’
उनको सबैपैसा मोडल अस्पत्तालमा उपचारका क्रममा खर्च भएकोले एक रुपैयाँ पनि आफूसंग नभएको नानीदेविले बताईन् । बोनम्यारो क्यान्सरको उपचार गर्नका लागि पैसा नभएपछि श्रीमति उनी ज्यान बचाउन गहार माग्दै छिन् । ‘मैले घरबाट बुबाहरुलाई, दाईहरुलाई बोलाएँ । तर उहाँहरुले केही हेर्दिनुभएन । खर्चका लागि पनि हेर्दिनुभएन । अहिलेसम्म लाखौँ लाख खर्च भईसक्यो । धेरै त ऋण नै हो ।’ उनले आफ्नो पिडा पोख्दै भनिन् ‘अव दिनेहरुले दिईसक्नुभयो । मैले बजार बजार पैसा उठाएर हिडीराकेको छु । यताबाट आउँछ कि उताबाट आउँछ कि भनेर १० ठाउँ फोन गर्छु । जसले पनि छैन नानी भन्छन् ।’

अहिले दुर्गा बहादुर भक्तपुर क्यान्सर अस्पत्तालमा छन्, ३२ वर्षको कलिलो उमेरमा जीवनका लागि भिक्षा माग्दै । तर बोनम्यारो प्रत्यारोपण गर्न निकै खर्चिलो छ, डक्टरको भनाईअनुसार १७ लाख जति लाग्छ । प्रत्यारोपण गर्ने जोहो गर्दासम्म नियमित रुपमा किमो चढाउनु पर्छ । त्यसको मात्रै पटकको १ लाख लाग्छ । बिचविचमा रगत, औषधी, खाने, बस्ने सबैखर्च जुटाउनै प¥यो । कमाउने श्रीमान ओछ्यान परेपछि सबै जिम्मा नानीदेविको काँधमा छ । श्रीमान थलापरेपछि २ नाबालक छोरालाई विद्यालय भर्ना समेत गर्न नपाएको उनको दुखेसो छ ।

श्रीमानको उपचारको यो महंगो खर्च जुटाउने पिडा त छँदै छ, बाबा बिरामी भएपछि नावालक २ भाई छोराहरुको समेत बस्नेखाने, विद्यालय जाने टुंगो छैन । बुबा अस्पत्तालको शैयामा, ममी बुबाको उपचारका लागि दौडधुप । बालकहरुको सरसफाई, विद्यालय लैजाने ल्याउने सबै अस्तव्यस्त छ । पैसा नभएकोले विद्यालयमा भर्ना समेत नगरी त्यत्तिकै पठाउने गरेको बताउँछिन नानीदेवि । ‘सानो सानो २ वटा बच्चा छ । उनीहरुलाई हेर्ने खुवाउने कोही छैन । बच्चाहरु कोठामा छ, म हस्पीटल छु । म कहिले ब्लड लिन, कहिले ओषधी लिन, जहाँ गएपनि दिनरात म एक्लै दौडेको दौडै गर्नुपर्छ’ उनले रुँदै भनिन् ‘एकवर्ष भयो, कोठाभाडा तिर्ने पनि पैसा छैन । अहिले सम्म पनि बच्चाहरुलाई भर्ना गर्न सकेको छैन, महिना फि पनि तिरेको छैन, स्कूल विग्रन्छ भनेर यत्तिकै स्कूल पठाईरहेको छ ।’
अस्पत्तालको शैयामा मृत्यूसंग लडेर जीवनका लागि पौठेजोरी खेलीरहेको नानीमैयाको श्रीमानको उपचार र नाबालकको अध्ययनमा सहयोग गर्न उनले गुहार मागेकी छन् । ‘मैले ऋण खोग्ने ठाउँ त सकिईसक्यो अव कसैले सहयोग ग¥यो भने ज्यान बच्ने हो’ उनले भनिन ‘उहाँको जीवन बचाईदिने र बाबुअरुलाई विद्यालय भर्ना गरीदिने कोही भयो हाम्रोलागि भगवान नै मान्नुपर्छ ।’ उनको सहयोगका लागि एभरेष्ट बैंकमा रहेको उनको खाता नम्बर ०४४००५०१२०४५८२ छ ।