चैत्र १५, २०८० बिहीबार

कुन उमेरमा हुन्छ मासिक श्राव ? मासिक श्रावको बेला ख्याल गर्नैपर्ने कुरा



first-period

काठमाडौं – किशोरवयमा हुने शारीरिक परिवर्तनसँगै मासिक श्राव सुरु हुन्छ । यो प्रक्रिया कसैलाई आठ बर्षको उमेरमा हुन्छ भने कसैलाई १७ बर्षको । यही अवधीभित्र किशोरीमा मासिक श्राव सुरु हुन्छ ।

कतिलाई मासिक श्रावको बारेमा थाहै हुँदैन । त्यसैले जब योनीद्वारबाट रगत बग्न थाल्छ, उनीहरु अत्तालिन्छन् । किनभने सबैलाई परिपक्क उमेरमै मासिक श्राव हुन्छ भन्ने हुँदैन । यो हर्मोनको परिवर्तनमा निर्भर हुने कुरा हो ।

के हो मासिक श्राव ?

मासिक श्राव एक शारीरिक प्रकि्रया हो, जो हरेक महिलामा हुन्छ । समन्यत यो २८ दिनको चक्रमा हुन्छ । कसैलाई दुई/तीन दिन अघि र कसैलाई पछि हुन सक्छ ।

मासिक श्रावको बेला यौनाङ्गबाट रगत बग्छ । र, यो तीनदेखि पाँच दिनसम्म रहन्छ । दोस्रो वा तेस्रो दिन बढी रगत प्रवाह हुन्छ । कति महिलालाई यस क्रममा पेट तथा कम्मर दुख्ने समस्या हुन्छ ।

ध्यान दिनुपर्ने कुरा

१. मासिक श्रावअघि स्यानिटरी प्याडको जोहो गर्नुपर्छ । यो बढीमा छ देखि आठ घण्टामा बद्ल्नु पर्छ । लामो समयसम्म एउटै स्यानिटरी प्याड प्रयोग गर्दा त्यसमा व्याक्टेरिया फैलने संभावना हुन्छ ।

२. यौनाङगको सफाईमा एकदमै ध्यान दिनुपर्छ । मासिक श्रावको वेला यौनाङ्गमा संक्रमणको भय हुने भएकाले पनि सामन्य दिनमा भन्दा बढी यस समयमा सरसफाई गर्नुपर्छ ।

३. मासिक श्रावको बेला यौनाङ्गमा सुगन्धित चिज जस्तो कि पाउडर, क्रिम प्रयोग गर्नु हुँदैन ।

४. मासिक श्रावको बेला शरीरमा आइरनको कमी हुन्छ । त्यसैले यस्तो खानेकुरा सेवन गर्नुपर्छ, जो आइरनको स्रोत होस् । त्यससँगै सन्तुलित खानेकुरा सेवन गर्नुपर्छ ।