बैशाख १२, २०८१ बुधबार

प्रसब पिडा सहन नसकेर गर्भवती महिलाले अस्पत्तालमै गरिन आत्महत्या



चीनमा एक गर्भवती महिलाले अस्पतालको झ्यालबाट हाम फालेर अत्महत्या गरेकी छन् । मा उपनाम दिइएको २६ वर्षीया महिलाले उत्तरी शाङसी प्रान्तको अस्पतालमा आत्महत्या गरेकी हुन् । बीबीसीका अनुसार यो घटना एक साता अघि कै हो । तर, भर्खरै मात्र सार्वजनिक भएको छ ।

आत्महत्या गर्नुका कारण शल्यक्रिया गर्न परिवार तयार नहुनु भनिएको छ । अस्पतालका डाक्टर हूओ जुनका अनुसार माले दुई पटक वार्ड छाडेकी थिइन् र परिवारका सदस्यलाई असाध्यै पीडा भएको भन्दै शल्यक्रिया गर्न आग्रह गरेकी थिइन् । तर, उनको श्रीमानले अस्वीकार गरे ।

अस्पतालका अनुसार मा ४१ साताको गर्भवती थिइन् । गर्भमा रहेको शिशुको टाउको ठूलो भएकाले नर्मल डेभिलरी जोखिमयुक्त हुने भएकाले चिकित्सकहरुले परिवारको राय मागेका थिए ।