चैत्र १५, २०८० बिहीबार

नाकको हड्डी बागिंएर अस्पत्ताल पुगेकी अहेबको डाक्टरको लापरवाहीले मृत्यु भएको अस्पत्तालको स्वीकारोक्ती



press reliseनाकको हड्डी बागिंएर अस्पत्ताल पुगेकी गुल्मीकी कमला भट्टराइको डाक्टरको लापरवाहीका कारण मृत्यु भएको ओम अस्पत्तालले स्वीकार गरेको छ । गुल्मीको मदाने गाउँपालिका वार्ड नं ४ निवासी ४० बर्षिय भट्टराईको नाकमा जन्मजात समस्या रहेको थियो । रुपन्देहीको शंकरनगर स्वास्थ्य चौकीमा अहेबको रुपमा कार्यरत उनी काठमान्डौँ आएको मौका पारी सामान्य परिक्षणका लागि ओम अस्पत्ताल भर्ना भएकी थिइन् । स्वास्थ्य परिक्षणका क्रममा डाक्टरले अप्रेशन गर्नुपर्ने सुझाब दिएपछि अस्पत्ताल भर्ना भएकी भट्टराइको बुधबार दिउँसो मृत्यु भएको थियो । सामान्य अवस्थामा अस्पत्ताल भर्ना भएकी विरामीको उपचारमा अस्पत्ताल र डाक्टरको लापरबाहीका कारण मृत्युभएपछि मृतकका आफन्तले अस्पत्ताल परिसरमा नाराबाजी समेत गरेका थिए । उनीहरुले मृत्युको कारण अस्पत्तालले स्पष्ट पार्नुपर्ने र दोषीलाई कारवाही गर्नुपर्ने माग राखेर आन्दोलन गरेका थिए । घटनाको बिषयमा छानविन गर्न स्वास्थ्य मन्त्रालयले उच्चस्तरीय छानविन समिति समेत गठन गरिसकेको छ । पिडित पक्षले ओम अस्पत्तालले बिरामीहरुको उपचारमा वेवास्ता गरी सामान्य अवस्थामा अस्पत्ताल आएका बिरामीहरुले अकालमै मृत्युवरण गर्नु परेकाले ओम अस्पत्ताल बन्द गर्नुपर्ने,भट्टराइको अप्रेशन गर्दाको भिडियो फुटेज उपलब्ध गराउनुपर्ने,मृत्युको स्पष्ट कारण खुलाउनुपर्ने पिडित पक्ष र अस्पत्ताल प्रशासन वार्ता समितिका सदस्य बुद्धी बहादुर जिसीले बताए । उनले भने ‘ओम अस्पत्तालमा पहिले देखी नै धेरै विरामीको अकालमै ज्यान गइरहेको सुनीरहकै थियौँ,तर यो पाली हाम्रै आफन्तको घटनाले त्यो पुष्टी भइसकेको छ, त्यसैले अस्पत्ताल बन्द गर्नुपर्ने हाम्रो माग छ ।’ओम अस्त्तालले गएराती एक विज्ञप्ती जारी गर्दे बिरामीको मृत्यु अस्पत्ताल र डाक्टरको लापरवाहीका कारण भएको स्वीकार गरेको छ । विज्ञप्तीमा पिडित पक्ष र अस्पत्ताल प्रशासनका विच आज दिउँसो २ बजे पुन वार्ता हुने जनाइएको छ । साथै अर्को सुचना जारी नहुदाँ सम्म ओम अस्पत्तालले प्रदान गर्ने बहिरङ्ग सेवा बन्द गरिएको पनि जानकारी गराइएको छ ।