चैत्र १५, २०८० बिहीबार

डाक्टरको लापरवाहीले अहेब कमलाको मृत्यु भएको पुष्टि,ओम अस्पत्तालले माग्यो माफी



Kamala

नाकको हड्डी बागिंएर अस्पत्ताल पुगेकी गुल्मीकी कमला भट्टराइको डाक्टरको लापरवाहीका कारण मृत्युभएपछि ओम अस्पत्तालको बहिरङ्ग सेवा तत्कालका लागि बन्द गरिएको छ । गुल्मीको मदाने गाउँपालिका वार्ड नं ४ निवासी ४० बर्षिय भट्टराईको बुधबार नाकको अप्रेशन गर्ने क्रममा ओम अस्पत्तालमा मृत्यु भएको थियो ।

 नाकमा जन्मजात समस्या रहकी भट्टराइले आफ्नो बच्चा सानो भएका कारण समस्या हुनेभए अप्रेशन नगर्न भनेकी थिइन् ।  रुपन्देहीको शंकरनगर स्वास्थ्य चौकीमा अहेबको रुपमा कार्यरत उनी काठमान्डौँ आएको मौका पारी सामान्य परिक्षणका लागि ओम अस्पत्ताल भर्ना भएकी थिइन् ।

उनको मृत्युभएपछि मृतकका आफन्त र अस्पत्ताल प्रशासन विच भएको वार्तामा अस्पत्तालले लापरवाहीका कारण भट्टराइको मृत्यु भएकोमा क्षमायाचना माग्ने,मृतकका परिवारलाई क्षतिपुर्ति वापत ३० लाख रकम प्रदान गर्ने,स्वास्थ्य मन्त्रालयको उच्च स्तरीय छानविन टोलीको प्रतिवेदन नआउञ्जेल सम्मका लागि अस्पत्तालले वहिरङ्ग सेवा बन्द गर्ने,मृतक भट्टराइको शव बुझी आफन्तले दाहसंस्कार गर्ने सहमति भएको छ ।

अस्पत्तालमा पहिले देखी नै धेरै विरामीको अकालमै ज्यान गइरहेको सुनीरहकै थियौँ,तर यो पाली हाम्रै आफन्तको घटनाले त्यो पुष्टी भइसकेको छ, त्यसैले अस्पत्ताल बन्द गर्नुपर्ने हाम्रो माग छ ।’

अस्पत्तालले प्रदान गर्दै आइरहेका अरु सेवाहरु नियमित रुपमा सञ्चालन गर्ने कि नगर्ने भन्ने बिषयमा स्वास्थ्य मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन आएपछि मात्र निष्कर्षमा पुगिने वार्ता समितिका सदस्य तथा मृतकका आफन्त बुद्धी बहादुर जिसीले बताए ।

अस्पताल र डाक्टरको लापरवाहीका विरुद्धमा आन्दोलनमा उत्रिएका मृतकका आफन्तले स्वास्थ्य क्षेत्रमा देखिएको व्याप्त भ्रष्टाचारको पराकाष्टको एउटा नमुना भट्टराइको मृत्यु भएको बताएका छन् ।

न्यायका लागि आन्दोलन नगरी नहुने परिपाटीको विकास भैरहेको आन्दोलनमा सहभागी गुल्मी घमिरका सन्तोष लम्सालले बताए । उनले राज्यले नै ओम अस्पत्ताल जस्ता बिरामीको उपचारमा खेलवाड गर्ने स्वास्थ्य संस्थालाई अनुगमन गरी कार्बाही गर्नुपर्ने बताउँछन् ।