बैशाख १२, २०८१ बुधबार

बिहेपछि पानी बोक्दैमा वित्यो जिन्दगी



MVI_9975 20

गुल्मी – विहान् ४ बज्यो उठ्यो,डोकोमा गाग्री,कचौरा राख्यो र बोकेर खानेपानी लिनका लागि दुई घण्टाको दुरीमा रहेको पन्थको पधेरोमा झ¥र्यो । ‘ गुल्मीको दोहोली ७ खग्रेटा निवासी ७० बर्षिय ज्ञान कुमारी कार्कीको दैनिकी यसरी नै वित्छ ।

 गुल्मी जिल्लाकै पौदी अमराई गाविसमा जन्मेकी कार्कीको विहे १३ बर्षकै उमेरमा इश्माको दोहलीमा भयो । उनले बिहे भएदेखी नै यसरी खानेपानी बोकेर खान थालेकी हुन् । चाउरी परेको अनुहार र सेतै फुलेको कपालमा डोको बोकेर दुई घण्टाको उकालोमा स्याःस्या गर्दै कार्कीले जस्तै धेरैले खानेपानी बोकेर खान बाध्य छन् । दोहली गाविसको वार्ड नं ६ र ७ का स्थानियहरु खानेपानीको जोहोका लागि सधै पधेरोमा पुग्ने गर्दछन् । थोपा—थोपा संकलन गरी एक घण्टामा एक गाग्री पानी लिएर ३ घण्टापछि मात्र घरमा पुग्ने गरेको कार्कीले बताईन् । उनले भनिन् ’ यहाँ ब्या गरेर आएपछि यसरी नै पानी बोक्न थालेकी हुँ,अहिले सम्म छोडेन ।’

कुनै राजनितिक स्वार्थ विना आफ्नो गाउँको विकास हुनुपर्छ भन्ने शर्त राखेर चुनाबमा नेतालाई भोट दिएपनि अहिले सम्म समस्याको समाधान नहुदाँ गाउँलेमा निराशा छाएको छ । के बुढाबुढी,के केटाकेटी,के सुत्केरी र गर्भवती सबै खानेपानी लिनका लागि दुई घण्टाको पैदल हिडेर खोलामा रहेको पधेरोमा पुग्ने गरेको दोहली ७ निवासी धनकला कार्कीले बताईन् । उनले भनिन् : ” पानी आउँछ कि भनेर नेतालाई भोट दिएर जिताइयो,आफ्नो दुख भने जहाँको तही ।’

खानेपानी लिनका लागि रातीमा समेत ढुक्क संग सुत्न नपाएको गुनासो सुनाउँदैँ कार्कीले पेटमा बच्चा हुदाँ पनि पानी बोकेर खानुपर्दा दुख लागेको बताईन् ।  उनले भनिन् “हेर्नुस न ढुक्क संग सुत्न पाइने पनि होइन,अझ मेरो बच्चा पेटमा हुदाँ पनि यसरी नै पानी बोकेर खाए,सुत्केरीमा पनि त्यही चाल हो ।’

हिउँदमा खानेपानीको हाँहाकार हुनु सामन्य जस्तै हो । धेरै ठाउँमा खानेपानीको हाँहाकार नै हुन्छ तर दोहली गाविसका २ वार्डका स्थानियलाई भने के हिउँद,के बर्खा सधैँभरी पानीको अभाव हुने गरेको छ । खानेपानीका श्रोतहरु नजिकै नहुदाँ पनि समस्या झनै बढेको स्थानिय रविलाल थापाले बताए । उनले खानेपानीका मुहान नजिकै भइदिएको भए गाउँलेले आफ्नै लगानीमा पानी लिएर खान सक्ने बताउँदैँ त्यस्तो नुहुदाँ समस्यामा परेको बताए । थापाले भने ”  नजिकै भको भए हामीले पनि लिएर खान्थ्यौँ,पैसा उठाउँथ्यौँ तर यहाँ कतै छैन,ल्याउने मुहान अरु गाविसमा छन् ।’

खानेपानी ल्याउनका लागि प्रयास नभएका भने होइनन तर पहुँचको भरमा योजना छनौट हुने सम्पन्न गर्ने परिपाटीका कारण दोहली ६ र ७ वार्डका स्थानियले खानेपानीका लागि समस्या भोग्नु परेको हो । स्कुले विधार्थी समेत खानेपानीका लागि पधेरोमा पुगेर कटौराले पानी भोेरेर फर्कदा विधालय जाने समय छुटिसक्ने किरण कार्कीले बताए ।उनले यता घरमा ३ घण्टा लगाएर पानी बोक्ने र फेरी २ घण्टाको बाटो विधालय जानुपर्दा पढाईमा राम्रो गर्न नसकेको बताए । ’ ग्यालेनमा पधेरा गएर पानी ल्याउछु,अनि खाना खाएर स्कुल जान्छु यति गर्दा थकाई लाग्छ,बेन्चमै निदाउछु ।’