राइफल चलाएका हात सिलाई मेसिनमा

गगनशिला खड्का / अशोज १२, २०७४ - बिहिबार


chapamar

गुल्मी– जनयुद्धकालमा बन्दुक बोकेर लडेकी गुल्मी वाग्लाकी पुर्ब लडाकु सिता भण्डारी आजभोली काखमा नानी च्यापेर मेसिन चलाउँछिन् । नानीलाई काखमा च्यापेर मेसिनको टुप्पोमा रहेको सियोमा धागो राख्ने कोशिस गरीरहँदा काखमा रहेको बच्चा भोकाएर रोईरहेको थियो । ‘के गर्नु बच्चाको स्याहार गर्ने समय त हो तर घरव्यवाहार चलाउनै प¥यो ।’ उनले भनिन । २०६२ सालमा जनमुक्ती सेनामा भर्ना भएकी भण्डारी ६ बर्षसम्म नवलपरासी स्थित माओबादी सेनाको क्यानटोनमेन्टमा बसिन् । जब सरकारले माओबादी लडाकुलाई समायोजन गर्ने प्रकृया शुरु ग¥र्यो त्यसपछि भण्डारी जस्ता सयौँ महिला ‘अयोग्य’ बने । उनी त्यतिबेला पार्टिमा प्रवेश गरेकी थिईन जुनबेला पार्टीले पछाडि पारिएका र परेका बर्गको मुक्तीका लागि भनेर बन्दुकको लडाई लडिरहेको थियो ।

लाउँ—लाउँ, खाउँ—खाउँ भन्ने कलिलो उमेर देखीनै घरपरिवार, इष्टमित्र, साथी संगीलाई छाडेर युद्धमा होमिएकी उनी जतिबेला लडाकु महिलाका लागि छुट्टै व्यवस्था गरिएन । महिला र पुरुषलाई बरावर हैसियतमा प्रतिस्पर्धी बनाईयो त्यस कुराले धेरै दुःखि छिन् । परिवर्तनका लागि बन्दुक बोकेका भण्डारी जस्तै १५ भन्दा बढी महिलाका हातमा अहिले बन्दुकको साटो कुचो, जुठाभाडा र हँसिया नाम्लो छ । आफूले उठाएको परिवर्तन र मुक्तिको नारा टुँगोमा पुग्न नसकेपछि मुक्ति त भएन नै मुक्तिको नारा लगाउँदै बन्दुक बोकेका पनि पुरानै परम्परातिर फर्केको उनीहरुको ठहर छ ।

महिला मुक्ती र परिबर्तनका लागि भनेर दशबर्षे जनयुद्धमा होमिएकी विशुखर्क निवासी २९ बर्षिय सुमित्रा क्षेत्री पनि अहिले दुखि छिन । ‘जसरी महिला मुक्तीका लागि भनेर हामीलाई बन्दुक बोकाइएको थियो, बम र बारुदको धुवाँमा रोमलिएको थियो त्यसको अहिले कुनै अर्थ रहेन ।’ – क्षेत्री भन्छिन् । चुलो चौको र घरव्यवहारमै मात्र सिमित महिलालाई घरबाहिर निकाल्ने अभियानका साथ २०५८ सालमा तत्कालिन नेकपा माओबादीमा प्रबेश गरेकी उनि एकिकृत नेकपा माओबादीसंग असन्तुष्टी मात्रै छैनन् आक्रोशित छिन् । ‘हामीले हाम्रा छोराछोरीलाई काखमा च्यापेर बन्दुक बोकेको कुनै नेताले महल ठड्याउँलान भनेर हैन हामी जस्ता बर्षौ देखी शोषित र दमित हजारौ महिलाको मुक्तीका लागि हो ।’ – उनले भनिन् – ‘तर अव हाम्रो मुक्ति चुलो चौकोमै सिमित भयो ।’  क्षेत्रीले जनयुद्ध लड्दा विरोध गरेर हटाएका संस्कार पुनः आफैले अंगाल्नु पर्दा पिडाबोध भएको बताईन् ।

दशबर्षे जनयुद्धमा पुरुष सरह बम, बारुद र बन्दुक बोकेर युद्धको मैदानमा महिला मुक्तीको लागि लडाँई लडेपनि अहिले महिलाका समस्या ज्युका त्युँ रहेको गुल्मी धुर्कोट रजस्थलकी विष्णुमाया पाण्डेको अनुभव छ । २ सन्तानकी आमा पाण्डेले स्वेच्छिक अवकास लिएकाहरुलाई पनि समाजमा पुर्ब माओबादी कार्यकर्तालाई हेर्ने दुष्टीकोण नै फरक भएका कारण पुर्नस्थापना हुन पनि गाह्रो भएको गुनासो पोखिन् । ‘हामीले राम्रै कामका लागि यत्तिका बर्षसम्म लडाँई लडेको भएपनि त्यसको परिणाम राम्रो नआउँदा अहिले पुनःस्थापना हुन अप्ठ्यारो भएको हो ।’
युद्धको मोर्चामा सेक्सन सह कमाण्डरको भुमिका निर्वाह गरेकी उनले जुनसुकै राजनैतिक दलले पनि महिलामुक्तीको नारा लगाएर चुनाब जित्ने बाटो रोजेको तर वास्तविकतामा महिलाका लागि कुनै ठोस कार्यक्रम सञ्चालन नगरेको बताईन् । ‘हिजो बन्दुक बोकेर पुरुषसंगै युद्धभुमीमा लड्न सक्ने महिला आज पनि त्यतिकै जोखिम उठाउन सक्छन् ।’– उनले भनिन् – ‘राज्यले महिलालाई कमजोर नै छन भन्ने मानसिकता हटाउन सकेको छैन ।’  उनले सिलाई कटाई परम्परागत व्यवसायिक पेशा भएकाले यो पेशाले महिला आर्थिक हिसाबले आत्मनिर्भर बन्न नसक्ने बताईन् । महिलाका लागि भनेर सञ्चालन गरिने सिपमुलक तालिम अबका दिनमा परिमार्जित गरी ज्ञानमुलक हुनुपर्ने उनको धारणा छ । ‘तालिम भनेका यत्ति मात्रै हुदैनन् जुन १०÷१५ बर्ष अगाडी देखी चलेका छन जसले महिलालाई आत्मनिर्भर बनाउछ, आगामी दिनमा कम्पुयुटर, मोवाईल, सामुहिक कृषी, पशुपालन जस्ता विषयहरु समेटिनुपर्दछ ।’


प्रतिक्रिया दिनुहोस


सब्य र भब्य तरिका ले आफ्नो धारणा राख्नुहोस।

error: Content is protected !!