बैशाख ९, २०८१ आईतबार

जुनकिरी भिरमा खर काट्दा ज्यान गयो



बैतडी –  खर काट्ने क्रममा भिरबाट लडेर आज बैतडीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका–४ मेलडाँडाकी ३२ वर्षीया जुनकिरी लुहार रहेकी छन् ।

स्थानीय धरमपानी खरफागलमा खर काट्दै गरेकी जुनकिरीको भिरबाट करिब १०० मिटर तल खस्दा घटनास्थलमै ज्यान गएको स्थानीय प्रकाश भाटले जानकारी दिए ।