बैशाख ८, २०८१ शनिबार

यी हुन् दाजुभाई नहुने हिरोइन



काठमाडौं – तिहार दिदिबहिनीले दाजुभाइलाई टिका लगाइदिएर मनाइने पर्व हो तर दाजुभाई वा दिदी बहिन नहुनेहरुका लागि यो पर्वको त्यति महत्व छैन ।  आफ्नै दाजुभाई नहुने कतिले धर्म दाजुभाई बनाएर टिका लगाउँछन भने दिदीबहिनी नहुनेले फूपु वा धर्मदिदीबहिनीको हातको टिका लगाउँछन् ।

तर केही नेपाली नायीकाहरु छन् जसले दाजुभाई नभएपनि दिदीबहिनीविच टिका लगाउने योजना बनाएका छन् । ति मध्येकी एक हुन नायीका संचिता लुईटेल । ‘हामीलाई दाजुभाई नभएको पनि महसुस नै हुँदैन’ लुईटेल भन्छिन ‘दिदीबहिनीवीच नै एक अर्कालाई टिका लगाएर पनि रमाईलो नै हुन्छ ।’ आफ्नो तिहार हर्षोल्लासपूर्ण नै हुने गरेको उनले बताइन् ।

 संचिताको परिवारमा चलेको यो चलन प्रचार –प्रसार भए दाजुभाई नहुनेले तिहारमा खिन्न हुनु पर्दैन । संचिता भन्छिन् ‘दिदीबहिनीवीच एकअर्कालाई टिका लगाइ दिँदा एकदमै रमाइलो र बेग्लै मज्जा आउँछ ।’

अर्की नायिका पूजा शर्मा भने भाई टिकाका दिन रानी पोखरी जाने गरेकी छिन् । बाबुआमाको एक्लो सन्तान भएकाले पुल्पुलिएर हुर्केकी बताउने उनी वर्सेनी रानी पोखरीमा गएर भाई टिका मनाउने बताईन ।

अर्की चल्तीकी नायिका शिल्पा पोखरेल पनि दाजुभाई नहुने अभिनेतृमा पर्द्छिन् । बाबुआमाकी जेठी सन्तान शिल्पाकी एक बहिनी छिन् । तर, उनले निर्देशक विकास रौनियारलाई दाई मानेकी छिन् र उनैलाई टिका लगाउँदै आएकी छिन् । त्यसैले उनलाई भाई टिकामा खाली हात बस्नु परेको छैन ।

त्यस्तै अर्की नायिका रजनी केसी पनि परिवारकी एक्ली सन्तान हुन् । तर, उनलाई पनि तिहार खल्लो लाग्दैन रे १ शारीरिकरुपमा छोरी भए पनि घरमा उनलाई छोरा नै मान्ने छोरा नै भनेर बोलाउने गरेकाले आफूलाई तिहार खल्लो नलाग्ने उनले बताइन्