चैत्र १६, २०८० शुक्रबार

स्वास्थ्य सचिब किरणको मन्त्रालयमा मनपरी : ‘हाजिर गर्छिन् र फर्कन्छिन्’



Dr.Kiran-Regmi-810.jpg

काठमाडौँ – देउवा सरकारले नेकपा माओवादी केन्द्रका मन्त्रीहरु हटाउने चर्चा चलेपछि स्वास्थ्य मन्त्रालयका सचिव डा  किरण रेग्मी स्वास्थ्य मन्त्री गिरीराज मणि पोखरेलको सम्पर्कबाट टाढा छिन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारमा छँदाछँदै नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्षी नेकपा एमालेसित वाम गठबन्धनमा गएको र चुनावी तालमेल गरेको आरोपमा प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका मन्त्रीहरुलाई हटाउने वा बिनाविभागीय बनाउने चर्चा चलेको थियो ।

अहिले स्वास्थ्य सचिव डा रेग्मी पूर्ण रुपमा मन्त्रीको सम्पर्कमा नआएको मन्त्रालयका एक कर्मचा रीले नाम नबताउने सर्तमा जानकारी दिए । उनका अनुसार डा :  रेग्मी मन्त्रालयमा लुकेर आई हाजिर गर्छिन् र फर्कन्छिन्’ । मन्त्रीले दिएको निर्देशनमा काम गर्नुपर्ला भनेर उनी मन्त्रीसित मोबाइल सम्पर्कमा पनि छैनन् । यसबाट स्वास्थ्य मन्त्रालयका महत्वपूर्ण कामहरु हप्तादिनदेखि रोकिएको बताइएको छ ।

त्यसमाथि, सचिवको अनुपस्थितिमा उनी मुनिका कर्मचारीले निमित्तमा रही काम गर्न पाउने भएपनि सचिव डा। रेग्मीले हाजिर मात्रै गरेर निस्कने हुनाले रेकर्डमा चाहिँ उनी उपस्थित नै भएको देखिने भयो । सचिवको ‘उपस्थिति’मा उनी मुनिका अन्य कर्मचारीले निमित्तमा काम गर्न मिल्ने अवस्था रहेन । यसबाट मन्त्रालयका महत्वपूर्ण कामहरु थन्किएको सो कर्मचारीले बताए । डा :रेग्मी ४ महिनादेखि स्वास्थ्य सचिव छिन् उनी काँग्रेस नेतृ आरजु देउवाको सिफारिसमा सचिव बनेको बताइन्छ ।साभार :इमूल्याङ्कनबाट