चैत्र १६, २०८० शुक्रबार

पत्रकार अम्बिकाका श्रीमान र देवर नारायणीमा बेपत्ता



Chandra Rajkumar Shrestha

चितवन – अर्घाखाँचीका पत्रकार अम्बिका बेलबासेका श्रीमान र देवर नारायणी नदिमा बेपत्ता भएका छन् ।  बिहीबार देवघाटमा श्राद्ध गर्न गएका ३८ वर्षीय चन्द्रमान श्रेष्ठ र उहाँका भाई २८ वर्षीय राजकुमार श्रेष्ठ नुहाउने क्रममा नदिमा बेपत्ता भएका हुन् । बुटवलबाट देवघाट पुगेका उनीहरु श्राद्धको तयारी गरेपछि शुद्ध हुन नुहाउन  नारायणीमा पसेको बेला बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार दिउँसो १ बजे श्राद्ध गर्नु पूर्व देवघाटतर्फको नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए । उनीहरुको खोजी कार्य जारी रहेको  आचार्यले बताए ।

व्यवसायीक घरानाका श्रेष्ठ दाजुभाई अर्घाखाँचीमा लवकुश ईम्पोरीयम, बुटवलमा लवकुश होटल तथा अन्य व्यवसाय गर्दै आएका थिए ।  रुपन्देहीको बुटवल उपमहानगरपालिका–१५ बसोबास गर्दै आएका उनीहरु बुटवलबाटै देवघाट पुगेका थिए ।
एउटै परीवारका यूवा दाजुभाई बेपत्ता भएपछि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क शोकमग्न भएको छ । महानचाड तिहारको रमाईलो चलिरहेका बेला दुई यवा व्यवसायी नारायणीमा बगेपछि त्यहाँका विभीन्न संघसंस्थाले देउसी भैलो पनि स्थगीत गरेका छन् ।