बैशाख १२, २०८१ बुधबार

सुजताले लगाईन दुई डाक्टरलाई भाईटिका



Sujata

काठमाडौं-  नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइराला, नेता डा. शेखर कोइरालाले काँग्रेस नेतृ सुजाता कोइरालाको हातबाट भाइटीका ग्रहण गरेका छन्।

कोइराला परिवारकै अर्का सदस्य निरञ्जन कोइरालको निवासमा सुजाताले दुई डाक्टर भाई तथा काँग्रेस नेताद्धयलाई टीका लगाउँदा निरञ्जन कोइरालालाई पनि भाइटीका लगाइन।

परिवारका सबैले प्रिय गरि बोलाउने निरुदा अर्थात निरञ्जन कोइरालाको घर वालुवाटारमा सुजाताले तीन दाजुभाईका अतिरिक्त सप्तरीका काँग्रेस नेता तथा पूर्व केन्द्रीय सदस्य रामकुमार चौधरीलाई पनि टीका लगाएकी थिइन।

राजनीतिक रुपमा अहिले काँग्रेसभित्र कोइराला परिवारका तीन सदस्य आफ्नो प्रभाव विस्तारका क्रममा छन्।

मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र संघीय सभाको चुनावमा सुजाता कोइराला समानुपातिकमा रहेकी छन्। काँग्रेस महामन्त्री डा.शशांक कोइराला नवलपरासीबाट र डा.शेखर कोइराला मोरङबाट प्रतिनिधि सभामा प्रत्यासी हुँदैछन्।