बैशाख १३, २०८१ बिहीबार

रक्सीले श्रीमति नचिनेपछि



Kutpit

उदयपुर – ताप्लिगाउँपालिका–४ खोलागाउँ बस्ने ३२ वर्षीया ज्ञानकुमारी मगर पतिको कुटाइबाट गम्भीर घाइते भएकी छिन्। घरायसी विवावादको कारण सोमबार झम्पबहादुर मगरले ज्ञानकुमारीलाई निर्घात कुटेको प्रहरी चौकी रूपाटारले जनाएको छ।

स्थानीय विद्यालयका शिक्षक मोहन बुढाथोकीका अनुसार झम्पबहादुरले मादक पर्दाथ खाई श्रीमतीसँग विवाद गरेका थिए। कुटपिटबाट शरीरको विभिन्न भागमा गहिरो चोट लागेकाले ज्ञानकुमारीलाई उपचारका लागि विराटनगर लगिएको छ। झम्पबहादुरलाई प्रहरी चौकी रुपाटारले नियन्त्रणमा लिएको छ।