बैशाख १, २०८१ शनिबार

दुई छोरीका साथ राष्ट्रपति बुहारी मदन भण्डारीको घर आएपछि…..



bidhya 2

ताप्लेजुङ – राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना स्वर्गीय पति मदन भण्डारीको जन्मथलोलाई व्यवस्थित गरेर पर्यटकीय स्थल बनाउनुपर्ने बताएकी छिन ।

राष्ट्रपति भण्डारीको कर्मथलो समेत रहेको मैवाखोला गाउँपालिका–२ ढुङ्गेसाँघुको ठोट्नेमा पुगेर शुक्रबार मैवाखोला गाउँपालिका र मैवाखोला सेवा समाजले गरेको नागरिक अभिनन्दन ग्रहणपछि यो सुन्दर ठाउँलाई आफूले सकेसम्म संरक्षण गर्न पहल गर्ने बताइन ।

मैवाखोलाका जनताको ज्ञापनपत्र ग्रहण गर्दै स्वास्थ्य, शिक्षा र कृषिलाई आधुनिकीरण गरेर व्यावस्थित गर्न लागिपर्ने राष्ट्रपति भण्डारीले बताउनुभयो । जिल्लामा उत्पादित कृषिउपज बस्तु नगदे बाली अलैँची, तरकारीका साथै अन्य वस्तुको बजारको पहिचान गरि बजारको व्यावस्थापन गर्ने समेत आश्वासन दिए ।

Bidhya

जिल्लामा उत्पादन भएको विजुलीलाई बजरीकरण गर्ने समेत उनले बताइन् । उता, धरान, धनकुटा, बसन्तपुर हुदै ढुङ्गेसाँघु देखि दोभानसम्मको मोटरबाटोलाई चाँडै कालोपत्रेको पहल गर्ने समेत उनले बताइन् । मदन भण्डारीको घर र जन्म थलोलाई मदन भण्डारी स्मृति प्रतिष्ठानले जग्गा खरिद गरि संरक्षण गरिरहेको छ ।

भण्डारीले आफनो ढुगेसाँघु जानुअघि प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेकी थिइन् । दर्शन पछि पाथीभरा क्षेत्र विकास समितिले गरेको कार्यक्रम राष्ट्रपति भण्डारीले यस क्षेत्रको लागि काम गर्न वनमन्त्री विक्रम पाण्डेलाई निर्देशन दिइन् ।

मन्त्री पाण्डेले पाथीभरा क्षेत्रको विकासको भोलि नै आवश्यक कदम चाल्ने बताए । राष्टपति भण्डारीले आजै ताप्लेजुङको पर्यटकीयस्थल घुन्सा र ओलाङचुङगोला क्षेत्रको हेलिकोप्टरबाट अवलोकन गरेकी थिइन । साभार: जनता समाचारबाट